रेनो डस्टर अल ह्वील ड्राइभमा पहिलो

0
Shares

काठमाडौं, (नेस)
ओभरड्राइले भारतमा चल्तीका २५ वटा एसयुभीको बीचमा गरेको टेस्टको आधारमा रेनो डस्टर अल ह्वील ड्राइभको अल टेरेन क्यापाविलिटी पहिलो हुन सफल भएको छ । यो टेस्टमा डिजाइन, क्याविन फिचर को प्राक्टिकाटलिटी, वाइपरको इफिसियन्सी, प्यासेन्जरहरुको बाहिरी भिजिविलिटी, सबै खालको टेरेनमा उपयोगिता, टुरिङ एबिलीटी र पर्फमेन्स, बुट एरिया तथा स्पेयर ह्वीलको पहँुच आदि प्यारामिटरहरु रहेको थियो । यो टेस्ट पिच बाटोमा नभई हिलो, उकालो ओरालो रहेको कच्ची टफ ठाउँमा गरिएको थियो ।

यो टेस्टमा डस्टरको अल ह्वील ड्राइभले उत्कुष्ट पफर्मेन्स गरेको थियो । यसमा रहेको फोर ह्वील ड्राइभ मोड, टुह्वील ड्राइभमोड तथा युनिक अटोमेटिक अलह्वील ड्राइभ मोड जसमा गाडिलेनै बाटो अनुशार कुन मोडमा चलाउने डिसाइड गर्छले यसलाई उत्कुष्ट अफरोड पफर्मेस दिन मद्दत गरेको थियो ।
एसयुभी स्लग टेस्ट भारतको चिकमगलु कफि डे इन्डिया ¥यालीको सिकाडा स्टेजमा भएको थियो जसको लम्बाई २.३ किमी हो ।

अफिसि यल टेस्ट डाइभरको रोलमा विक्रम नरेन्द्र रहेका थिए जसले १९९१ को इन्डीयन नेसनल ¥याली च्याम्पिएन रहेका थिए ।