दि रिगल इन्कको आउटलेट दरबारमार्गमा

0
Shares

काठमाडौं, (नेस)
नेपाली फेसन फ्रेन्चाइजी दि रिगल इन्कको आउटलेट दरबारमार्गमा खुलेको छ । ट्याग इन्टरनेसनल प्रालिअन्तर्गत दर्ता रियल इन्क दरबारमार्गमा रहेको त्रिसरा रेष्टुरेन्टको भवनमा शोरुम खुलेको छ।

उक्त शोरुम नबिल बैंकका प्रमुख कार्यकारी अनिल शाहले उद्घाटन गर्नुभएको थियो ।
शोरुमको उद्घाटन गर्दै बैंकर शाहले फेसनको दुनियाँमा नेपाली ब्रान्डको उदयले गुणस्तरीय छनोटको अवसर बढेको बताउनुभयो । युवा व्यवसायीको प्रयासबाट भएको यस्तो काम अझै बढ्नुपर्ने उहाँको धारणा थियो।

रिगल इन्कका प्रमुख कार्यकारी अधिकृत अशुतोश अग्रवालले आफ्नै ब्रान्ड र विदेशी गुणस्तरीय ब्रान्ड उपलब्ध गराउने उद्देश्यका साथ शोरुम खोलिएको बताउनुभयो ।

शोरुममा आठवटा ब्रान्ड उपलब्ध हुने छन्। जसमा नेपाली फेसन ब्रान्ड जिबी ब्रुमेल हुनेछ। द म्यान कम्पनी भन्ने भारतीय ब्रान्ड पनि यो शोरुममा हुने छ।
त्यस्तै लोरो पियना, भाइटल बारबेरिस, डि डेल्फिनो र डोरमिइएल ब्रान्डका उत्पादन उपलब्ध हुने छन्। शोरुममा लानफिको र इटालियन सुट ब्रान्ड जेग्ना पनि हुने छ।