टेलिकमले विभिन्न अफर ल्यायो

0
Shares

काठमाडौं, (नेस)
नेपाल टेलिकमले असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महशुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागँ गर्ने भएको छ ।
कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्ट कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्न सक्छन् ।

टेलिकमका अनुसार पहिले न्यँनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यँनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने छ । हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकको समयावधि सकिएपछि स्वचालित रुपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महशुल दर पनि सोही मितिदेखि लागँ हुनेछ ।

त्यस्तै ५१२ केबीपीएसको महशुल दर प्रतिमहिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै १ देखि १० एमबीपीएसको प्रतिएमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको प्रतिएमबीपीएस २ हजार ४ सय र १०० एमबीपीएसभन्दा माथिको महसुल दरप्रति एमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको छ, उल्लेखित दरमा थप कर लाग्ने टेलिकमले जनाएको छ ।

असोज १ गतेदेखि आगामी मंसिर २९ गतेसम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफरअन्तर्गत अनलिमिटेड डाटा प्याकेजलगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यसअन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम वेस्ड प्याकेजमा थप कर लाग्ने छ ।

सो अनुसार व्यक्तिगत प्रयोगकर्तालाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपियाँमा उपलब्ध गराइने छ । सो प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाका लागि यही क्षमताको प्याकेज १ हजार रुपियाँमा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

त्यसैगरी २ एमबीपीएस गतिसम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ । यसअनुसार १५ दिनका लागि ५ सय रुपियाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपियाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपियाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ ।

१ बर्षका लागि १२ हजार रुपियाँमा ५०० जीबी र २० हजार रुपियाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपियाँमा २३०० जीबी प्याकेज उपलब्ध गराउने छ ।

वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यँएसबी डोंगलसहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १ वर्षका लागि ६ हजार रुपियाँमा २५० जीबी भोल्युम उपलब्ध गराउने छ । यस अन्तर्गत यँएसबी डोंगल निःशुल्क उपलब्ध हुनेछ ।

यसैगरी संविधान दिवसको अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ । असोज १ गतेदेखि १५ गतेसम्म कर सहित १८ रुपियाँमा सो प्याक खरिद गर्न सकिने छ । प्याक खरिद गरे पश्चात ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्कभित्र जति पनि कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने टेलिकमले जनाएको छ ।