मध्यमोदी जलविद्युत् आयोजना सुचारु

0
Shares

पर्वत, (नेस)
विभिन्न माग राख्दै प्रभावित क्षेत्रका बासिन्दाले पाँच दिनदेखि तालाबन्दी गरेको मध्यमोदी जलविद्युत् आयोजना सुचारु भएको छ ।

आयोजना निर्माणका क्रममा सुरुङभित्र बम विष्फोट गर्दा घर चर्किएको भन्दै स्थानीयबासीले तालाबन्दी गरी आन्दोलनमा उत्रिएका थिए ।
पटक–पटकको वार्तापछि दुवै पक्षको छलफल चार बुँदे सहमति भएको हुँदा तालाबन्दी खोली आयोजना सुचारु गरिएको मोदी गाउँपालिका– २ देउपुरका वडा सदस्य जीवन चापागार्इंले जानकारी दिनुभयो ।

प्रभावित क्षेत्रका बासिन्दाले उठाएका मागलाई छलफलमार्फत निष्कर्षमा पुगिएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले बताउनुभयो । उहाँका अनुसार प्रभावित क्षेत्रका बासिन्दाको क्षति अनुगमन गरी मँल्याङकन गर्ने, सुरुङ निर्माणका क्रममा क्षति भए नभएको भँगर्व विभागका प्राविधिकको टोलीद्वारा यथार्थ निरीक्षण गराउने, निरीक्षणबाट वास्तविक क्षतिपुगेको प्रतिवेदन आएमा स्थानीयबासीको मागलाई सम्बोधन गर्ने लगायतका सहमति भएको छ।

सुरुङमा विस्फोट गराउँदा १६ घरमा क्षति भएको स्थानीय बासिन्दाको दाबी छ ।