गाडीको साँचो सरकारलाई बुझाउने यातायात व्यवसायीको चेतावनी

0
Shares

नेपाल समाचारपत्र, बुटवल
यातायात व्यवसायीका समस्या असोज १५ गतेभित्र समाधान नगरेमा देशभरीका व्यवयायीले सवारी साधनको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका छन् । सरकारले हालैे ल्याएको यातायात नीतिका कारण व्यवसायी धरासयी भएकाले यातायात व्यवसायीले आफ्ना सवारी साधनको साँचो सरकारलाई दिने घोषणा गर्नु परेको आंैल्याएका हुन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको शनिबार बुटवलमा भएको १९औं साधारणसभामा बोल्ने यातायात व्यवसायीले दुई सातासम्म सरकारको बाटो हेर्ने समाधान नभए साँचो बुझाएर सडकमा आउने चेतावनी दिएका हुन् ।
दीर्घकालीन सोच बिना यातायात व्यवसायी प्रालिमा दर्ता हुनुपर्ने, व्यवसायी संस्थाका बैक खाता रोक्काले घाइतको उपचार तथा कार्यालय सञ्चालनमा समेत समस्या भएको व्यवयायीले गुनासो गरेका छन् । यस्तै व्यवसायीले मृतकलाई समेत राहत दिन नसक्ने अवस्था आएको भन्दै यसमा राज्यको ध्यान जानुपर्ने बताएका छन् ।

कार्यक्रमा प्रदेश नम्बर ५ का भौतिक पँर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातायात व्यवसायीले साँचो नै बुझाएर आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री चौधरीले केन्द्र सरकारसँंग यातायात व्यवसायीले उठाएको मागलाई सम्बोधन गर्नको लागि पहल जारी रहेको बताउँदै साउन १ गतेबाट यातायातका धेरै कुरा प्रदेश सरकारको मातहतमा आएकाले यस विषयमा अझै छलफल गरी समाधान खोजिने बताउनुभयो ।

यातायात व्यवसायीको बैंक खाता रोक्का हुनुको कारण समितिमार्फत हुने उपचार प्रभावित भएको प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै मन्त्री चौधरीले ऐनलाई संशोधन गरेर भए पनि बीमा रकम बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बीमाबाट आउने ३ लाख रुपियाँले उपचार पर्याप्त हुँदैन, यसमा ध्यान जानु आवश्यक छ भन्दै उहाँले उद्योगी व्यवसायीयको लगानी सुरक्षित गर्नु पनि राज्यको दायित्व भएको स्पष्ट पार्नुभयो ।

व्यवसायीको खाता रोक्का गर्नु व्यवसायीलाई टर्चर गर्नु जस्तै होे भन्दै मन्त्री चौधरीले नयाँ प्रणालीमा (कम्पनी ऐन) मा जाँदा सहज रुपमा सहजीकरण गर्नुपर्ने दायित्व सरकारको रहेको बताउनुभयो ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि विगतका दिनमा यातात व्यवसायीले उठाउँदै आएको समस्या, छुट्टै यातायाता मन्त्रालय गठनलगायतका माग पँरा गर्नुको साटो उल्टै यातायात व्यवसायीमाथि प्रहार भएको बताउनुभयो ।
पछिल्लो समयमा राज्य पक्ष पञ्चायती शैलीमा काम गरेको आरोप लगाउँदै अध्यक्ष रानाभाटले कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन तुरन्त लागँ गर्न माग गर्नुभयो ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठले सिन्डिकेट यातायात व्यवासायीले कहिल्यै पनि नगरेको दाबी गर्दै संस्था र सिन्डिकेट फरक भएको बताउनुभयो । सरकारको निर्णयबाट सबै क्षेत्र असन्तुष्ट भएको भन्दै उहाँले यसलाई तत्काल सम्बोधन गर्नुको विकल्प नभएको बताउनुभयो । नेपाल ट्रक व्यवसायी महासंघ केन्द्रीय सदस्य ओम कार्की ले २०७५ साल नेपाली यातायात व्यवसायीको लागि कालो वर्षको रुपमा रहेको बताउनुभयो ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले सरकारको स्पष्ट नीतिको अभावका कारण हरेक क्षेत्र प्रताडित भएको भन्दै करको नाममा व्यवसायीलाई तर्साउने काम गर्न नहुने बताउनुभयो ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति अध्यक्ष टीकाराम गौतमले खाता रोक्का हुँदा समस्या भएको भन्दै व्यवसायीले दुर्घटनाको उपचार गर्न र कार्यालय सञ्चालनको लागि पनि समस्या भएको बताउनुभयो ।