तीन हप्तामै मकालु ग्राउन्डेड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल वायुसेवा निगमले केही समयअघि मात्रै नेपाल भित्र्याएको एयरबस ए ३३०–२०० ग्राउन्डेड भएको छ । नियमित उडान अघि गरिने विमानको चेकजाँचका क्रममा बिहीबार उक्त विमानमा समस्या रहेको देखिएको निगमले जनाएको छ ।

९ एन–एएलवाई कलसाइनको मकालु विमानमा सामान राख्ने तथा निकाल्ने ढोका कुच्चिएको भेटिएपछि त्यसको मर्मत नगरी उडान भर्न नमिल्ने भन्दै केही दिनका लागि विमान ग्राउन्डेड नै रहने निगमले जनाएको छ । तर, विमान कसरी कुच्चियोे भन्ने विषयमा भने निगमले आधिकारिक जानकारी दिएको छैन । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने विमानमा चरा ठोक्किएका कारण कुच्चिएको हुनसक्ने भन्दै उडान रोखिएको बताएका छन् ।

‘चराले ठोकेर विमानको एक विमान ग्राउण्डेड भएकालाई पनि निगम व्यवस्थापनको कमजोरी भन्न त मिल्दैन नि !’ शनिबार कंसाकारले ट्वीटरमा लेखेका छन् । जहाज ग्राउन्डेड भएका कारण नियमित उडान प्रभावित हुन नसकेपछि यात्रुहरुप्रति परेको असुविधाका विषयमा भने निगम केही बोलेको छैन ।

२८ वर्षपछि नेपाल उडड्यन क्षेत्रमा नेपाल वायुसेवा निगमको यो विमान खरिद गरिनुलाई हवाई यातायातका क्ष्ँेत्रमा ठँलो उपलब्धिको रुपमा हेरिएको थियो । तर, प्राविधिक रुपमा सामान्य समस्या आउने बित्तिकै महिनौसम्म पनि त्यसको मर्मत सम्भार गर्न नसक्दा वर्षेनी अर्बौँ रुपियाँ बराबरको घाटा निगमले व्यहोरिरहेको छ । दुबई, हङकङ, बैंकक, बैंगलोर, दोहा, मलेसिया, दिल्ली र मुम्बईमा उडान भर्ने तयारी गरेको उक्त विमान लामो समय थन्किने अवस्था आएमा निगमलाई थप आर्थिक भार पर्ने देखिन्छ ।

२०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनमार्फत एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो । सोही सम्भौताबमोजिम वाइड बडीको मकालु जहाज २९ दशमलब ६ मिलियन अमेरिकी डलरमा खरिद गरिएको हो ।