पञ्चशीलको सहकारीको साधारणसभा सम्पन्न

0
Shares

ललितपुर, (नेस)
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको १८औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले देशको आर्थिक क्षेत्रको विकासमा सहकारीको क्षेत्रले गरेको योगदानको चर्चा गनुभयो ।

संस्थाका अध्यक्ष राजु खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले शेयर सदस्यको सेवाको लागि संस्थाले सदस्य सुविधा काउन्टर विस्तार गर्दै गएको बताउनुभयो । उहाँले चालँ आवदेखि शेयर सदस्यको सुविधा काउन्टरबाटै सदस्यको गुनासो सुनुवाई गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैकका पँर्वकार्यकारी निर्देशक मनमोहन कुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैकका सञ्चालक रामशरण शर्मा घिमिरे लगायतले बोल्नभएको थियो । संस्थाको आर्थिक वर्ष २०७४÷७५ मा शेयर पुँजी १० करोड ३५लाख २३ हजार रुपियाँ रहेको छ । संस्थाले बचततर्फ ९९ करोड ६७ लाख रुपियाँ संकलन गरेको छ । संस्थाले वार्षिक कारोबार १ अर्ब ३२ करोड ५७ लाख रुपियाँ पु¥याएको छ ।

अन्य सहकारीको बीचमा नमुना सहकारीको रुपमा आफँलाई स्थापित गर्न सफल भएको दाबी गरेको संस्थाले आव २०७४÷७५ मा ४ करोड १७ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले वृद्धि भएको हो । संस्थाले आव २०७४÷७५ मा १ करोड ४ लाख रुपियाँ आयकर दाखिला गरेको छ ।

संस्थाले आव २०७४÷७५ मा शेयर सदस्यलाई १८ प्रतिशत शेयर लाभांश प्रदान गर्न सफल भएको छ ।