एम्नेष्टीको केन्द्रिय सदस्यमा दाङका विपीन निर्वाचित



काठमाडौं ।
एम्नेष्टी इन्टरनेशनल नेपालको केन्द्रिय सदस्यमा दाङका विपीन वुढाथोकी निर्वाचित हुनुभएको छ । नवलपरासीको गैंडाकोटमा सम्पन्न यूवाहरुको राष्ट्रिय भेलाबाट बुढाथोकी निर्वाचित हुनुभएको हो । चार जना प्रतिष्पर्धीलाई पछि पार्दै निर्वाचित हुनुभएका बुढाथोकीले यूवाहरुको क्षेमता विकास र नेतृत्व विकासका लागि योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यस अघि पनि केन्द्रिय सदस्यका रुपमा काम गर्दै आउनुभएको थियो । एम्नेष्टीले दुइ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्