उपराष्ट्रपति पुन चीन जाँदै



काठमाडौं ।
चीनको सिचुवान प्रान्तमा आगामी विहीवारदेखि शुरु हुने ‘१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन उपराष्ट्रपति नन्द बहादुर पुन चीन जाने हुनु भएको छ ।

उपराष्ट्रपतिमा दोस्रो कार्यकालमा निर्वाचित भएपछि पुनको यो पहिलो चीन भ्रमण हुनेछ । उहाँ बुधवार सिचुवान प्रान्तको राजधानी छेन्दु प्रस्थान गर्दै हुनुहुन्छ । ‘चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास’ भन्ने मुख्य नाराका साथ आयोजना हुने मेलालाई पुनले सम्बोधन गर्ने कार्यक्रम तय भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

चीनमा रहँदा उहाँले चिनियाँ सरकारी अधिकारी, चिनियाँ कम्यूनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका पदाधिकारी लगायतसँग भेटवार्ता गर्ने बताइएको छ । सिपिसीका सिचुवान प्रान्त सचिव फङ छिङह्वा र चिनियाँ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिको औपचारिक निम्तोमा उहाँ मेलामा सहभागी हुने पुनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्