गुरुङहरूको उद्गमाथलो क्ब्होलासोथारलाई विश्व सम्पाद सूचिमा राख्न माग



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङ स्थित गुरुङहरूको उद्गमाथलो क्ब्होलासोथारलाई विश्व सम्पाद सूचिमा राख्न माग गरिएको छे । क्ब्होलासोथार गाउँपालिका र तमु प्लेहु संघ लमजुङले संयुक्त रूपमा बेसीशहरमा पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो माग गरेका हुन ।

क्ब्होलासोथारको प्रचारका लागि तमु प्लेहु संघ लमजुङका जिल्ला अध्यक्ष कप्तान मिलबहादुर गुरुङको नेतृत्वमा ६ दिने पदयात्रा गरिने भएको छ । सो पदयात्रा असोज १ गते बेसीसशहरबाट थालिने भएको तमु प्लेहु संघ लमजुङका जिल्ला सचिव मनमाया गुरुङले बताउनु भयो । उहाँका अनुसार सो पदयात्रा २० देखि २५ जनाको टोली जाने भएको छ ।

तमु प्लेहु संघ लमजुङका जिल्ला अध्यक्ष कप्तान मिलबहादुर गुरुङले क्ब्होलासोथारको महत्वमा प्रकाश पार्दै लुम्बिनी बुद्धको जन्म थलो भएजस्तै क्ब्होलासोथार गुरुङ जातिको जन्म थलो हो भन्नुभयो । उहाँले भन्नुभयो, ‘उक्त थलोलाई विश्वसम्पदा सूचिमा सूचिकृत भएमा विश्वभर छरिएर रहेका गुरुङमात्र नभई अन्य जाति पनि सो स्थान हेर्न त्यसको महत्व जान्न आउने छन् जसले गर्दा त्यसक्षेत्र खोज अनुसन्धान र संरक्षण तथा प्रवद्र्धनमा टेवा गुग्ने विश्वास गएिको छ ।’

सो पदयात्रामा लागि क्ब्होलासोथार गाउँपालिकाकाले चालु आवमा तीनलाख रुपैयाँको बजेट विनियोजन गरेको सो गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताउनु भयो । उहाँले भन्नुभयो आउँदा वर्षमा बजेटको थप व्यवस्था गरी सो क्षेत्रमा जाने पदमार्गलाई व्यवस्थित गर्ने र प्रर्यटन प्रवद्र्धनमा सहयोग गर्ने नीति गाउँपालिकाकाले लिएको छ । यसरी विश्वभरका गुरुङहरू र अन्य अनुसन्धानकर्ता लाई यस क्षेत्रमा ल्याउन सकेमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सक्दा सिंगै गाउँपालिका क्षेत्रको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने विश्वास गरिएको उहाँको भनाई छ ।

क्ब्होलासोथारसम्म जानका लागि लमजुङतर्फबाट दुई वटा र कास्कीबाट एउटा पदमार्ग रहेको घलेले बताउनु भयो । उहाँका अनुसार कास्कीतर्फको पदमार्ग कास्कीकै गाउँपालिकाले र लमजुङको पदमार्ग क्ब्होलासोथार गाउँपालिकाले निर्माण गर्ने सहमति भएको छ । लमजुङतर्फ घलेगाउँ भुजुङ हुँदै एउटा र अर्को गिलुङ, घाम्राङ, पसगाउँ हुँदै अर्को पदमार्ग विकसित गरिने भएको घलेको भनाई छ । उहाँले भन्नुभयो आफ्नो अध्यक्ष कार्यकालको बाँकी अवधिमा ती पदयात्रा मार्गको निर्माण सम्पन्न गरी अन्तिम वर्ष क्ब्होलासोथार महोत्सव सञ्चालन गर्ने सोच छ, त्यो समयसम्ममा यो क्षेत्र अर्थात् क्ब्होलासोथारलाई विश्व सम्पाद सूचिमा सूचिकृत हुने विश्वास गरेको घलेले पत्रकारहरूलाई बताउनु भयो ।
पत्रकार सम्मेलनको फोटो पनि छ ।

प्रतिक्रिया दिनुहोस्