सिटिजन्स बैंकको एटीएम चोभारमा

0
Shares

काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको चोभारस्थित सशस्त्रप्रहरी बलको कार्यालय नजिकै एटीएम सेवा सञ्चालनमा ल्याएको छ । काठमाडौं क्षेत्र नं. १० का संसाद राजन केसी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेस्डर तथा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले संयुक्त रुपमा उक्त सेवाको शुरुवात गर्नु भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ७९ वटा शाखा, ७३ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करिव ३ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।