एनसेलका विजेतालाई पुरस्कार प्रदान

0
Shares

काठमाडौ, (नेस)
एनसेल प्रालिले ‘रिचार्ज एन्ड विन’ अफरअन्तर्गत पहिलो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एन्ड विन’ १० हप्ता सम्ममा सञ्चालनमा रहने अफर हो ।

१० विजेता ग्राहकमध्ये दुई जनाले बिहीबार जनही एक लाख पुरस्कार पाएका छन् । तीन अन्य विजेताले आफ्नो पुरस्कार अर्को हप्ता लिने जनाएकाले कम्पनीले सोही अनुरुप उनीहरुलाई दोस्रो हप्ताका विजयी ग्राहकसँगै पुरस्कार हस्तान्तरण गर्नेछ । पहिलो हप्ताका थप पाँच विजेताको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ कम्पनील जनाएको छ ।

एनसेलका सेक्युरिटी तथा जेनरल सर्भिसेज् निर्देशक महेन्द्रकुमार भट्टचनले एक कार्यक्रम माझ दुई विजयी झापाका जाकिर हुसेन र नुवाकोटका हरि श्रेष्ठलाई पुरस्कार प्रदान गर्नुभयो । अफर भदौ १७ गतेबाट सञ्चालनमा रहेको छ । यस योजनामा साताभर सय वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पँर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन् । यसमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने छ ।