निर्माण व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने माग

0
Shares

विराटनगर, (नेस)
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुक संघीय राज्य व्यवस्था प्रणालीमा गईसकेको अवस्थामा कुनै क्षेत्र वा व्यक्तिबाट राष्ट्रलाई ठग्ने कार्य भए आफँलाई स्वीकार्य नहुने बताउनु भएको छ । सबैले राज्य बलियो बनाउने पक्षमा इमान्दार भएर काम गर्नुपर्ने मुख्यमन्त्री राईको भनाइ थियो ।

निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर १ को १२औं साधारणसभाको शुक्रबार विराटनगरमा उद्घटान गर्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री राईले राज्य निर्माणका लागि ऐतिहासिक जिम्मेवारी तीन तहका सरकार प्रमुखमा आएको भन्दै त्यसका लागि सरकार, राजनीतिक नेतृत्व र नागरिकसमेत इमान्दार भएर राज्यलाई बलियो बनाउनेतर्फ अग्रसर हुर्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकमा पहिलोपल्ट संघीय व्यवस्था कार्यान्वय गर्ने अभिभारा आफँहरुको काँधमा आएकाले आफँहरु आवश्यक भौतिक पँर्वाधार अभावकाबीचमा पनि प्रदेश सरकार चलाइरहेको बताउन्ुभयो ।

उहाँले निर्माण व्यवसायीलाई काम गर्ने कुरामा कानुनी जटिलता आएको खण्डमा प्रदेश सरकार साथै केन्द्र सरकार समेतको सहयोगमा कानुन संशोधन गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले विकास निर्माणको ठेक्का लिँदा इन्जिनियरलाई २ प्रतिशत र कर्मचारीलाई १० प्रतिशत कमिसन दिनुपर्ने प्रावधान प्रदेश सरकारले तोडने पनि दाबी गर्नुभयो ।
कार्यक्रममा महासंघका पदाधिकारीहरुले निर्माण व्यवसायीले ठेक्का लिने प्रक्रियादेखि नै कर्मचारीलाई कमिसन दिनुपर्ने, ठेक्का प्रक्रिया शुरु भएपछि पनि कानुनी जटिलता रहँदा काम गर्न समस्या हुने गरेको गुनासो गरेका थिए । उनीहरुले निर्माण व्यवसायलाई उद्योगको मान्यता दिन पनि माग गरेका छन् ।