छैठौ रुस्लान फुड एन्ड वेभेरेज एन्ड हस्पिटालिटी प्रदर्शनी हुँदै

0
Shares

काठमाडौं, (नेस)
छैठौ रुस्लान फुड एन्ड वेभेरेज एन्ड हस्पिटालिटी प्रदर्शनी असोज १३ गतेदेखि १५ गतेसम्म भृकुटीमण्डप हुने भएको छ ।

हाउस अफ राजकर्णिकारद्वारा आयोजित उक्त प्रदर्शनीमा खाना, पेय पदार्थ र सत्कार क्षेत्रमा समर्पित आयोजकको भनाइ छ । होटल, रेस्टुराँ तथा पार्टी प्यालेस का लागि खाना तथा पेय पदार्थ आम्दानीको प्रमुख स्रोत बनेको छ भने पछिल्लो दश वर्षमा यसको विस्तारमा उच्च भएको छ ।

हाउस अफ राजकर्णिकारले यस वर्षदेखि एफबीएच २०१८ मा प्रवेश गरेको होट्रीमाइ र आर्कीसंँग साझेदारी गरेको छ । यस्तै सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले इभेन्ट पार्टनरको रुपमा प्रतियोगिता र अन्य कार्यक्रमको आयोजना तथा व्यवस्थापन गर्ने छ ।
द रुस्लन फुड एन्ड वेभेरेज एन्ड हस्पिटालिटीमा ५ हजार सामग्री तथा सेवा, २ सय कम्पनी, १४१ वटा स्टल प्रस्तुत हुनेछ । त्यस्तै लाभाजा बेस्ट बरिस्टा प्रतियोगिता, मोनिन बार टेन्डर प्रतियोगिता र मास्टर सेफ च्यालेन्ज जस्ता कार्यक्रमका आयोजना हुने छन् ।