पुँजीबजार सुधारिन थाल्यो, एक सातामै लगानीकर्ताको सम्पत्ति ३१ अर्बले बढ्यो

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं
पछिल्ला केही दिनयता पुँजी बजारमा सकारात्मक सँचकहरू देखा पर्न थालेका छन् । शेयर परिसँचकमा आएको सुधारसँगै लगानीकर्ता नाफामा जान थालेका छन् । यसै क्रममा यस साता लगानीकर्ताले करिब ३१ करोड रुपियाँ आम्दानी गर्न सफल भएका छन् । यस साताको पहिलो दिन समग्र बजार पुँजीकरण १४ खर्ब ५१ अर्ब ७९ करोड ९४ लाख ७० हजार रुपियाँ रहेकामा साताको अन्तिम कारोबार हुँदा वृद्धि भएर १४ खर्ब ८२ अर्ब ७१ करोड ३ लाख ४० हजार रुपियाँ पुग्दा एक सातामा लगानीकर्ताले ३० अर्ब ९१ करोड ८ लाख ७० हजार रुपियाँ बढेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५ दशमलव ८६ अंकले बढेर १ हजार २ सय ४४ दशमलव ८४ अंकमा पुगेको छ । साताभर १८६ कम्पनीको २३ हजार ६ सय ११ कारोबारबाट २ अर्ब १० करोड १५ लाख ६५ हजार रुपियाँमा १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता शेयर खरिद बिक्री भएका छन् । यद्यपि, कारोबार रकम अघिल्लो साताभन्दा २७ दशमलव १७ प्रतिशतले कम हो ।

यस साता सबैभन्दा बढी एनआईसी एसिया बैंकको १७ करोड ४५ लाख ६० हजार रुपियाँको शेयर किनबेच भएको छ । त्यसपछि एनएमबी बैंकको १३ करोड ६५ लाख ५० हजार रुपियाँ, ग्लोबल आइएमई बैंकको ९ करोड २७ लाख १० हजार रुपियाँ, कुमारी बैंकको ९ करोड १५ लाख ८० लाख रुपियाँ र प्रभु बैंकको ८ करोड १५ लाख ९० हजार रुपियाँ शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
त्यस्तै कारोबार शेयर र कारोबार संख्याको आधारमा पनि एनआईसी एसिया बैंक अगाडि रहेको छ । यस बैंकको ४ लाख ३९ हजार कित्ता शेयर १ हजार १ सय १४ पटक किनबेच भएको छ । साताको पाँच दिन खुल्ला रहेको नेप्सेमा यस साता ४ वटा कम्पनीको २१ लाख २३ हजार २१ दशमलव ९३ कित्ता शेयर सँचीकृत भएका छन् ।

नेप्सेका अनुसार कालिका लघुवित्त वित्तीय संस्थाको १ लाख ७५ हजार कित्ता, राधी विद्युत् कम्पनीको ४ लाख १० हजार ४० कित्ता र कामना सेवा विकास बैंकको १३ लाख ४ हजार ७०१ दशमलव ९३ कित्ता गरी १८ लाख ८९ हजार ७४१ दशमलव ९३ कित्ता बोनस शेयर सँचीकृत भएका छन् ।

त्यस्तै वमी माइक्रोफाइनान्स वित्तीय संस्थाको २ लाख ३३ हजार २८० कित्ता हकप्रद शेयर सँचीकृत भएको छ । नेप्सेमा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसँचक साताको पहिलो दिनको तुलनामा ६ दशमलव ११ अंकले बढेर २ सय ६४ दशमलव २७ अंकमा पुगेको छ ।

विश्व लगानीकर्ता सप्ताह मनाइने
नेपाल धितोपत्र बोर्डले असोज १५ देखि २१ गतेसम्म विश्व लगानीकर्ता सप्ताह मनाउने भएको छ । विश्व लगानीकर्ता सप्ताहको मुख्य उद्देश्य पुँजी बजारसम्बन्धी विभिन्न जानकारी, सँचना तथा गतिविधि सर्वसाधारणमा प्रवाह गरी पुँजी बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ताको सशक्तिकरण गर्ने रहेको बोर्डले जनाएको छ ।

धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी प्रभात फेरी गर्ने, धितोपत्र बजारको अवस्था तथा प्रवृत्ति, बजारको विकास तथा विस्तारका बारेमा लगानीकर्तासँग अन्तक्रिया गर्ने, नेपाल स्टक एक्सचेन्ज तथा सीडीएस एन्ड क्लियरिङ, धितोपत्र व्यवसायी, लगानीकर्ता तथा पुँजी बजार विज्ञसँग अन्तत्र्रिmयालगायतका कार्यक्रममार्फत विश्व लगानीकर्ता सप्ताह मनाउने बोर्डले जनाएको छ ।