नेपाल चीनबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा जोड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका पँर्व अध्यक्ष एवम् सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा गएको महासंघ–सार्क उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले नेपालका लागि चीनका राजदँत यँ होङसँग भेटवार्ता गरेको छ ।

सो अवसरमा प्रतिनिधिमण्डलका नेता ढकालले आगामी असोज १ गते चीनको छेङदुमा, छेङदु एसोसिएसन फर फोरेन ट्रेड एन्ड इकोनोमिक कोअपरेसनले आयोजना गर्ने दक्षिण एसिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग संवाद र असोज २ गते अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद् सिचुवान काउन्सिलले सिचुवानमा आयोजना गर्न लागेको नवौ चीन–दक्षिण एसिया व्यावसायिक प्रवद्र्धनसम्बन्धी राउन्ड टेबल कार्यक्रममा नेपालको तर्फबाट हुन लागेको सहभागिताका विषयमा राजदँत समक्ष जानकारी गराउनुभयो ।

दुवै कार्यक्रम नेपालका लागि अत्यन्त महत्वपँर्ण रहेको र नेपालबाट ऊर्जा, पँर्वाधार निर्माण, कृषि, सँचना प्रविधि, औषधि, बैंक, बीमा तथा वित्त, शिक्षा, स्वास्थ्य, पर्यटन, होटल लगायत महŒवपँर्ण क्षेत्रको प्रतिनिधित्व हुने भएकाले कार्यक्रमका क्रममा यी क्षेत्रमा नेपालमा संयुक्त लगानी आउन सक्ने र म्याच मेकिङको पनि राम्रो सम्भावना रहेको उहाँले जानकारी गराउनु भयो । उक्त कार्यक्रममा भाग लिन ढकालको नेतृत्वमा महासंघका उपाध्यक्षहरू किशोर कुमार प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकालसहितको १६ सदस्यीय महासंघ–सार्क उवासंघ प्रतिनिधिमण्डल आगामी आइतबार छेङदु प्रस्थान गर्दैछ ।

सो अवसरमा चिनियाँ राजदँत यँ होङले आफ्ना तर्फबाट नेपाल चीनबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।