मन्त्रीले भने–‘अहिले बजारमा सरकार छैन’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्री मातृकाप्रसाद यादवले अहिले बजारमा सरकारको उपस्थिति नरहेको बताउनुभएको छ ।

बिहीबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको उपभोक्ता संरक्षण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै मन्त्री यादवले हाल सरकारले बजार अनुगमन गर्ने तथा आफ्नो उपस्थिति देखाउन नसकेको स्वीकार्नु भएको हो ।

‘बजारमा सरकार नै छैन । कहिलेकाहीँ जान्छ, त्यसमा पनि व्यापारीहरुले चित्त दुखाउँछन्, दुखेसो गर्छन् ।’ मन्त्री यादवले भन्नुभयो । नेपालमा उद्यमीभन्दा व्यापारी धेरै रहेको भन्दै उहाँले व्यापारघाटा कम गर्नका लागि मुलुकलाई व्यापारीभन्दा बढी उद्यमशील र उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने व्यक्तिको खाँचो रहेको समेत बताउनुभयो ।

‘उद्योगी व्यवसायीहरु विदेशबाट सामान ल्याएर नेपालमा चर्को नाफा खाएर बेच्छन् । त्यो पनि न्युन गुणस्तर तथा अखाद्य वस्तु । अनि सरकारले उनीहरुलाई जेल हाल्ने कि नहाल्ने ? कसैलाई जेल पर्न नपरोस् भनेर सचेत गराउन पनि म यहाँ आएको हुँ ।’ कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ।

उद्योगी व्यवसायीहरु आफुले गल्ती गरेकै कारण बजार अनुगमन र सरकारसँग डराउने गरेको भन्दै यादवले आर्थिक विकासका लागि दुई क्ष्ँेत्रबीच साझेदारी हुनुपर्नेमा मनमुटाव हुने गरेको उहाँको धारणा थियो । ‘जनताको उद्योगी, व्यवसायी, नेता, सरकारी कर्मचारी कसैसँग पनि विश्वास छैन । सबै नेता भष्टाचारी, सबै कर्मचारी कामचोर र सबै उद्योगी व्यवसायी ठग र कालोबजारीया छन् भन्ने जनताको बुझाइ छ । त्यस्तो बुझाईलाई तपाई हामी मिलेर चिर्नु छ ।’ उहाँले भन्नुभयो ।

‘हामीमध्ये कोही यस्ता उपभोक्ता पनि छन् जसले नेपालको उत्पादन नै खाँदैनन् । नेपालमा उत्पादित वस्तु नखानेमा कि त राजनीतिज्ञ छन् कि त उद्योगी व्यवसायी । आफँले नआए पनि सर्वसाधारणलाई त त्यस्तो वस्तु खुवाउनु भएन नि ।’ यादवले अगाडि थप्नुभयो ।

सोही कार्यक्रममा उद्योग सचिव चन्द्रप्रसाद घिमिरेले हालको बजारमा सुधारको आवश्यकता छ कि छैन भनेर सरकार र निजी क्षेत्र दुवैले सुक्ष्म अध्ययन गर्नुपर्ने बताउनुभयो । ‘तपाई उद्योगी व्यवसायीलाई के लाग्छ, अहिले बजार सुध्रिएकै हो त ? बजार अनुगमन गर्दा किन विरोध ? के बजारमा अहिले समस्या नै छैन ? समस्या छ भने गल्ती गर्नेलाई कारबाही गर्नु आवश्यक छ वा छैन ? तपाईहरु नै पुनर्विचार गर्नुहोस् ।’उद्योगी व्यापारीतर्फ इंगित गर्दै घिमिरेले भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले व्यापारघाटा न्यँनीकरणका लागि आन्तरिक उत्पादनमा जोड तथा उत्पादनमुखी क्षेत्रमा लगानीको आवश्यकता औंल्याउनु हुँदै सबै प्रदेशमा विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाका लागि सरकारले जग्गा उपलब्ध गराइनुपर्ने बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष्ँ शेखर गोल्छाले निजी क्षेत्रको पँर्ण सहभागिता नभएसम्म सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्य प्रँप्त हुन नसक्ने बताउनुभयो । ‘जबसम्म सरकार मर्यादित हुँदैन, तबसम्म निजी क्ष्ँेत्र पनि मर्यादित हुँदैन । नेपालमा साँच्चिकै उद्योग चाहिने हो भने सोहीअनुसार सुविधा दिनुप¥यो ।’ गोल्छाले भन्नुभयो ।