नुवाकोटको गेर्खुमा करेन्ट लागेर एकको मृत्यु


गेर्खु ।
नुवाकोटको विदुर नगरपालिका वडा नं ११ को गेर्खुमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उपल्लो गेर्खुका ६५वर्षिय कृष्ण बहादुर तामाङ रहेको ईलाका प्रहरी चौकी चोगतेले जनाएको छ । तामाङको आफ्नै घरमा वायरिङ गरेको तार मुसाले खाएको र छुन जाँदा घटनास्थलमा नै मृत्यु भएको विदुर नगरपालिका वडा नं ११ का वडाध्यक्ष तोयानाथ तिमिल्सेनाले बताए ।

घटनास्थलमा नै मृत्यु भएका तामाङको शव अहिले सोही स्थानमा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।