टीभीएस मोटरसाईकलका दुई नयाँ मोडल नेपाली बजारमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
सवारी साधन उत्पादक कम्पनी टीभीएसले नाडा अटो शोमार्फत् दुईवटा मोडलका दुइपाँग्रे सवारी साधन सार्वजनीक गरेको छ । कम्पनीले नाडा अटो शोको पहिलो दिन मंगलबार अपाचे आरआर ३१० मोडलको मोटरसाईकल र दोस्रोदिन एनटर्क १२५ स्मार्ट कनेक्टेड स्कुटर बजारमा बजारमा ल्याएको हो ।

टीभीएस अपाचे आरआर ३१०
टीभीएस मोटर कम्पनीको, टीभीएस अपाचे आरआर ३१० टीभीएस अपाचे स्टेबलको पछिल्लो संस्करण हो । आकर्षक डिजाइन, सुपर शक्तिशाली इन्जिन, सर्वोउत्कृस्ट पर्फर्मेन्स र राइडि डाइनामिक्सले भरिपँर्ण मोटरसाइकल हो । रेजर सार्प ह्याण्डलिङ र सुपेरियर प्रविधि भएको यो मोटरसाइकल ३६ बर्षको रेसिङ बिरासतको प्रमाणित स्वरुप भएको कम्पनीको दाबी छ ।

टीभीएस अपाचे आरआर ३१० मा ३१२ सीसी सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिनसहित ३४ पीएस २९७०० आरपीएम र २७ दशमलव ३ एनएमआर पीएम रहेको छ । सटिक रेस शिफ्टको अबुभव गर्न सकिने ६–स्पिड गियर बक्स भएको यो मोटरसाइकलको अधिकतम स्पिड १ सय ६० किलोमिटर प्रतिघण्टा रहेको छ । उक्त मोटरसाईकलले ०–६० किलोमिटर प्रतिघण्टाको स्पिड मात्र २ दशमलव ९ सेकेन्डमा पुरा गर्दछ । एडभान्स एरोडाइनामिक्स प्याकेज यो सेगमेण्टको मोटर साइकलमा कमैमात्र प्रयोग गरिएको छ।

रेसिङ रेड र सिनिस्टर ब्ल्याक कलरमा उपलब्ध उक्त मोटरसाईकलमा भएको थर्मल म्यानेजमेन्ट र स्पेसल ग्रिल प्रोफाईलका कारण खुट्टामा हुने तातोपना लाई चिसो पार्ने कम्पनीको दावी छ ।

टीभीएस एनर्टक १२५ स्मार्ट कनेक्टेड स्कुटर
युवा वर्गको लागि लक्ष्ँित गरेर डिजाईन गरिएको एनर्टक स्कुटर टीभीएस रेसिङ प्लेटफर्मका साथ ३ भल्बयुक्त ईन्जिन रहेको छ । एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टीटीएस स्मार्ट कने६ले यो स्कुटरमा परिभाषित गरेको छ ।

टीभीएस एनर्टक १२५ मा न्यँ जेनेरेसन सीभीटीआई आरईभीभी १ यि २६ दशमलव ७९ सीसीको सिंगल सिलिण्डर, ४ स्टोर्क, ३ भल्भ एयरकुल्ड ईन्जिन रहेको छ । यसले ७५०० आरपीएममा ९ दशमलव ४ पीएस र ५५०० आरपीएममा १० दशमलव ५ एनएम टर्क जेनेरेट गर्छ । ईन्जिनमा प्रयोग भएको अतिरिक्त भल्भले यसको प्रदर्शन उच्च राख्दै उत्कृष्ठ एक्सेलेरेशनका साथ ९५ किलोमिटर प्रतिघण्टाको गतिमा दैडने क्षमता राख्दछ ।

यस स्कुटरमा स्पोर्ट मोड पनि दिईएको छ । जसले रेसिङ डाटा र ल्याप समय स्क्रीनमा देख्न सकिन्छ । त्यसैगरी, स्कुटरमा रहेको लो फ्यँल वार्निङले रिजर्वमा आएपछि कति दुरी पार गरेको छ भन्ने कुरा देखाउँछ । हेल्मेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेल्मेटको आईकन डिस्प्लेमा देखाउँछ ।

टीभीएस एनर्टक १२५ सार्वजनीक कार्यक्रममा बोल्दै शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालका अनुसार टीभीएसले आफ्ना उत्पादनहरु अत्यन्तै महत्वका साथ उत्पादन गर्ने गरेको छ । एनर्टकमा पनि निकै आकर्षक फिचरका साथ युवावर्गलाई लक्षित गर्दै ल्याईएको छ ।

यो स्कुटर सेग्मेन्टमा नै पहिलो डिजिटल कन्सोलको प्रयोग भएको स्कुटर भएका कारण पनि यसले नेपाली उपभोक्ताको मन जित्ने अग्रवालको भनाई छ । विभिन्न ६ रंगमा उपलब्ध उक्त स्कुटरको मुल्य नेपाली बजारमा २ लाख २६ हजार रुपियाँ रहेको छ ।