नेपाल –चीन एक्स्पो तयारी तीब्र गतिमा

0
Shares

नेपाल समाचारपत्र, ललितपुर
आउँदोे असोज १९ देखि पाटन दरबार क्षेत्रमा हुने नेपाल चीन एक्स्पोको तयारी तीब्र गतिमा भइरहेको छ ।

अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजले सो मेला गर्न लागेको हो ।ललितपुरको पाटन दरबार क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाएर सो मेला पाँच दिनसम्म चल्ने छ ।‘मेलाको तयारी तीब्र गतिमा भइरहेको छ । विविध सरोकारवालासंग मेलाको तयारी बारे छलफल चलिरहेको छ ।’ समाजका अध्यक्ष अजरमान जोशीले भन्नुभयो ।

मेलामा करिब १ सय वटा स्टलहरु रहने छ ।नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्री र चीनमा उत्पादन हुने कपडा, जुता, बालबालिकाहरूको निम्ति ज्ञानवद्र्धक, मनोरञ्जन दिलाउने सामग्री, स्टेशनरी, दैनिक अत्यावश्यक, उपकरण र हार्डवेयर, स्पोर्टिङ उपकरण र विभिन्न प्रविधिहरु मेलामा प्रदर्शनी र बिक्रीका लागि राखिने छ ।

मेला अवधिभर ललितपुरका मँर्त, अर्मँत संस्कृतिको जीवन्त प्रदर्शनी गरिने छ । सो एक्स्पोलाई व्यापार र संस्कृतिको संगमका रुपमा रहने बताइएको छ । करिब दुई लाखले मेलाको अवलोकन गर्ने अनुमान रहेको छ ।

‘मेलाबाट स्वेदशी व्यवसायी, बिक्रेताहरुलाई आफ्नो उत्पादन अन्तर्राष्ट्रिय रुपमा विकास गर्ने अवसर पाउने छ । दुई देशका नागरिकबीचको आपसी अध्ययन तथा ज्ञान, सीप आदानप्रदान, पर्यटन र व्यवसायिक विकासमा पनि मेलाले टेवा पु¥याउने हाम्रो विश्वास रहेको छ ।’

समाजका अध्यक्ष जोशीले भन्नुभयो।
चीन र नेपालबीचको सांस्कृतिक र व्यवसायिक सम्बन्ध विकास गर्ने उद्देश्यले अरनिको समाज र चीन नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रसंग भएको सम्झौता अनुरुप सो कार्यक्रम गर्न लागिएको हो ।