सेञ्चुरी बैंकको एटीएम सनराइज टावरमा

0
Shares

काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकडले ललितपुरकोे धोबीघाटस्थित सनराइज टावरमा एटीएमः सेवा सञ्चालनमा ल्याएकोे छ । बैंकका सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सँवर्णबहादुर क्षेत्रीले संयुक्त रुपमा एटीएमको उद्घाटन गर्नुभएको छ ।

उद्घाटन पश्चात् बैंकले ५१ वटा एटीएमबाट सेवा प्रदान गर्नेछ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखा र २ वटा एक्स्टेन्सन काउन्टरका साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।