काठमाडौं, (नेस)
एक्सन स्पोर्ट्स एचडीले देशभित्र र देश बाहिर भएका खेललाई समेट्दै हरेक नेपालीको घरमा पु¥याउँदै आएको छ। भर्खरै सम्पन्न भएको फिफा विश्वकपलाई समेत प्रत्यक्ष प्रसारण गरेको एक्सन स्पोर्ट्सले नेपालीले खेल्छ, नेपालीले हेर्छ भन्ने नारा सहित हाल भइरहेको साफ सुजुकीकप २०१८ लाई पनि प्रत्यक्ष प्रसारण गरिरहेको छ।
दक्षिण एसियाका ७ राष्ट्र सहभागी यो प्रतियोगिता भदौ १९ गतेदेखि शुरु भई भदौ ३० गतेसम्म चल्ने छ। प्रतियोगिताका सबै खेलहरु उक्त एक्सन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१ मा एचडी पिक्चर क्वालिटिमा हेर्न सकिने छ।











प्रतिक्रिया