सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा दाबी भुक्तानी प्रदान

0
Shares

काठमाडौं, (नेस)
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित एक कार्यक्रमकाबीच मृत्यु दाबी भुक्तानी गरेको छ ।

गत पुस ९ गते प्रथम बीमा शुल्क २० हजार ३३३ रुपियाँ जम्मा गरी यस कम्पनीमा बीमा गराएका बिमित नवराज भट्टराईको असार १५ गते मृत्यु भएकोे हुनाले मृतककी श्रीमती देउकुमारी शर्मा न्यौपानेलाई बिमांक बराबरको रकम ३ लाख रुपियाँको चेक कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्तान्तरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अर्यालले जीवन बीमाको महत्वबारे प्रकाश पार्नु भएको थियो ।