एनआईसी एसिया बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

0
Shares

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले एसियन लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौताअनुसार अब यस बैंकका ग्राहक महानुभावले मुलुकभर फैलिएको २४४ वटै शाखाबाट सहज रुपमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

बैंकको मुलुकभर २४४ शाखा, २३८ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ । बैंकको वासलातको आकार १८६ अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १५६ अर्ब तथा कर्जा १३० अर्ब पुगेको छ ।