टिभीएसले ल्यायो ‘दस करोडको रोड’ अफर

0
Shares

काठमाडौं, (नेस)
नेपालको लागि टिभीएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले दशैं, तिहारको र छठको उपलक्ष्यमा ‘दस करोडको रोड’ नामक अफर ल्याएको छ।
यो अफर भदौ २२ गतेदेखि लागँ भएको कम्पनीले जनाएको छ ।

उक्त अफरअन्तर्गत टिभीएसको केही मोटरसाइकल तथा स्कुटरको खरिदमा १० जनालाई दैनिक १० हजार र लक्की ड्र मार्फत दैनिक एक जनालाई एक लाख रुपियाँ प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सत्र हजार ग्राहकलाई ७ हजार तुरुन्त क्यास छुट प्रदान गरिनेछ ।

टिभीएससँग हाल २ पांग्रे सवारी साधनको सबैभन्दा धेरै बिस्तृत रेञ्ज रहेको छ । ८० शोरुम र दुई सयभन्दा बढी सर्भिस सेन्टर मार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।