प्राज्ञिकले गर्याे तिज मिलन कार्यक्रमसंगै एक सय वृक्षारोपण

0
Shares

दाङ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोराही नगर समिती र प्रेरणा समाज नेपालको संयुक्त आयोजनामा हिजो शनिबार तिज मिलन कार्यक्रमसंगै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकोे छ । दाङको कुहिरेपानीमा गरिएको उक्त कार्यक्रममा अम्बा, अमला, असोक, निम लगायतका करिब एक सय विरुवा रोपिएको छ । प्रेरणा समाज नेपाल दाङका अध्यक्ष श्रीधर कुमार लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी परिषद्का राप्ति विभाग संगठन सचिब विष्णु पंगेनि र श्रीधर कुमार लम्साले आफ्नो मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यार्थी परिषद्को घोराही नगरका जिल्ला सह–संयोजक निरञ्जन पाठकले गर्नुभएको थियो ।

त्यस्तै विद्यार्थी परिषद्को आयोजनामा दाङ घोराहीको शान्ति सुधा मा.विमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । परिषद्को घोराही नगरका अध्यक्ष किरण न्यौपानेको अध्यक्षता एवम् दाङ उद्योग बाणिज्य संघका सचिब माया पोख्रेल तथा बी.बी.सीको राप्ति संवाददाता बसुन्धरा गौतमको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । राष्ट्रिय संगठन सचिब विष्णु पंगेनिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले ‘कला र संस्कृतिको संरक्षणमा विद्यार्थीहरुको महत्वपूर्ण भुमिका रहने भएकाले, मौलिक कला र संस्कृतिको बारेमा विद्यार्थीहरुलाई जानकारी दिनुपर्ने कुरा जोड दिएका थिए ।’ विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रमको सहजीकरण नगर छात्रा प्रमुख हिमान्सु योगीले गरेकी थिइन् ।