गोरखामा १० किलो सुनसहित दुई जना पक्राउ

0
Shares

गोरखा ।
गोरखाको चुमनुब्री गाउँपालिका स्थित सिर्दीबासबाट अबैध १० किलो सुन सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो चार बजे नियमित चेकजाँचको क्रममा सिर्दीबास प्रहरी चौकीमै चेकजाँचको क्रममा चुमनुब्री ७ छेकम्पारका नुटुप लामा लोप्चन पेम्बाको साथबाट १० किलो सुन बरामद गरेको हो ।
‘हामी नियमित चेकजाँचमै थियौँ’ सिर्दीबास प्रहरी चौकीका सई तलबहादुरसेन ठकुरीले भने ‘उनीहरुले डराएको संकेत गरे । मैले झोला चेकजाँच गर्दा सुन भेटाएपछि उनीहरुलाई तत्कालै नियन्त्रणमा लिएर राखेको छु ।’ उनीहरुलाई थप अनुसन्धानका लागि आइतबार गोरखा सदरमुकाम पठाईने सई ठकुरीले जानकारी दिए । सिर्दीबास गोरखा सदरमुकामबाट चार दिनको पैदलयात्रा पछि पुगिने ठाउँ हो ।