दर खान जाने क्रममा डुङ्गा दुर्घटनाः दुर्इको मृत्यु चार बेपत्ता

0
Shares

पोखरा ।
पोखराको बेगनास तालमा डुंगा पल्टिँँदा दुर्इ जनाको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन् । नौ जना चढेको डुुंगा पल्टिँदा तीनजनाको उद्दार गरिएको छ । प्रहरीले बेपत्ता रहेका मध्ये दुर्इ जनाको शव भेटिएको जानकारी दिएको छ । शव कृष्णकुमारी बजगाईको रहेको त्यहाँबाट अर्जुन थापाले जानकारी दिए । डुंगाबाट एक बालक तालमा खसेपछि उनलाई बचाउने क्रममा अनियन्त्रित भएको डुंगा पल्टिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकोमा सपना खनाल, निशा पौडल र कमलराज कडेँल रहेका छन् ।

उनीहरुको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । वेपत्ता भएकाहरुमा ७ वर्षिय प्राचिन पौडेल, २५ वर्षिय रवी खनाल, ८ वर्षका शंकर खनाल र शिव खनाल रहेका छन् भने एक जनाको परिचय खुलेको छैन् । बेगनासवारीबाट पारीतर्फ आफन्तको घरमा तीजको दर खान जानेक्रममा डुंगा दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । अहिले एसपी राणासहितको टोली उद्दारका लागि घटनास्थलमा खटिएको छ । एसपी रानाले गोताखोरको माध्यमबाट बेपत्ता रहेकाहरुको खोजी भइरहेको जानकारी दिए ।