तीजको दरले १ सय ९९ विरामी

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
काभ्रेको पाँचखाल नगरपालिका १२ कास्कोटे बालुवामा शुक्रबार ग्रामिण स्वावलम्बन बहुउद्देश्यिय सहकारीले आयोजना गरेको तीज कार्यक्रममा दर खाएका मध्ये १ सय ९९ जना विरामी परेका छन् ।
तीजको दर कार्यक्रम आयोजना गरि महिलाहरुलाई खुवाईएको खानामा केहि मिसावट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । विरामीहरुलाई स्थानीय तथा प्रहरीको सहयोगमा जिल्ला ल्याईदै छ । केहिलाई धुलिखेल र केहि विरामीलाई बनेपाको शिर मेमोरियल अस्पताल पु¥याईएको छ । अस्पताल ल्याईएका मध्ये पाँचखाल ९ नागबेलीकी ३७ बर्षिया उमा मैनाली, सोहि ठेगानाकी २१ बर्षिया स्वस्तिका भेटवाल, ५२ बर्षकी सकुन्तला कुँव्र, ३५ बर्षिया सुजाता मैनाली, २८ बर्षकी सिता श्रेष्ठ, २५ बर्षिया अम्बिका तामाङ, ४६ बर्षिया मुनादेवी श्रेष्ठ लगायतलाई सुदिप मेडिकल पाँचखालमा उपचार गरिएको छ ।


त्यस्तै पाँचखालको गौतम मेडिकलमा सावित्री विक, शर्मिला श्रेष्ठ, कान्छी विक, दया विक र बिमला खरेल लगायत छन् । उनिहरु मध्ये केहि घर फर्किसकेका छन् । शुक्रबार दिउसो २ बजे आयोजना गरिएको कार्यक्रममा २ सय जनालाई दर खुवाईएको थियो । दर खुवाईएका मध्ये ५० भन्दा धेरै महिलाहरुलाई फुड पोईजन भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी दिपक गिरीका अनुसार शनिबार विहान ७ बजे मात्रै घटनाका बारेमा प्रहरीलाई खवर गरिएको थियो । प्रहरीले खवर प्राप्त गर्ना साथ उद्धारमा खटिएको गिरीले बताए । दर खाएका मध्ये महिला, पुरुष, बालबालिका सबै विरामी परेका छन् ।
विरामी मध्ये तीन गम्भिर छन् । उनिहरुको बनेपाको शिर मेमोरियल अस्पतालमा आईसियुमा उपचार भईरहेको छ । संस्थाका अध्यक्ष भैरव सेढाईले फुड पोईजनको कारण खोजिरहेको बताए । प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाको विपत ब्यवस्थापन टोलीले विहानै देखि उक्त क्षेत्रमा स्वास्थ्यकर्मीैको टोली पठाई विरामीको उपचार गराईरहेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले १ सय ९९ जना विरामी भर्ना भएको बताए । अन्य विरामीहरु सामान्य उपचार पछि घर फर्किसकेका छन् ।