काठमाडौं, (नेस)
सादा तथा रंगिन कर्कट तथा जस्तापाता उत्पादक हुलास स्टील लिमिटेडले आधिकारीक बिक्रेतासंँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । ‘नाता छत र छाँयाको’ नाम दिइएको उक्त कार्यक्रम काठमाडौंमा आयोजना गरिएको थियो ।
सञ्चालक दिवाकर गोल्छाको स्वागत गर्नु भएको कार्यक्रममा हुलास स्टीलको नयाँ उत्पादन टाइल प्रोफाइल सिट र ऊड फिनिस प्लेन सिटको बिक्री प्रारम्भको घोषणा गरिएको थियो ।
सञ्चालक दिवाकर गोल्छाले अझ मेहेनत र लगनका साथ कम्पनीको उत्पादन बिक्री वितरण गर्न तथा हुलास स्टीललाई नेपालको मात्र नभई दक्षिण एसियाकै नम्बर १ स्टील कम्पनी बनाउन सहयोग र्गनको लागि आह्वान गर्नुभएको थियो ।











प्रतिक्रिया