टीभीएस आरटीआर १६० फोरभी नेपाली बजारमा

0
Shares

काठमाडांै, (नेस)
टीभीएस अटोमोबाइलको लागि नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस आरटीआर १६० फोरभी मोडेल नेपाली बजारमा सार्वजनिक भएको छ ।

आरटीआर सिरिजअन्तर्गतको मोटरसाइकल टीभीएस आरटीआर १६० फोरभी १६० सीसीमा रहेको छ, जसले अटोमोबाइल क्षेत्रको बेन्चमार्क बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको टीभीएस अपाचे आरटीआर १६० फोर भी बिट्स नामक कार्यक्रममार्फत नयाँ मोटरसाइकल सार्वजानिक गरिएको हो।

४ भल्भ, आयल कुल्ड इन्जिन भएको बेस्ट एनक्लास टीभीएस आरटीआर १६० फोरभी, इण्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिप (आइएनएमआरसी) को छ पटकको विजेता मोटरसाइकल हो । टीभीएस अपाचे आरटीआर सिरिज बजारमा ल्याएको १० वर्ष नबित्दै सफल भएको छ । नयाँ टीभीएस आरटीआर १६० फोरभीमा थप प्रविधिसहित आएको छ। सार्वजनिक कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले भन्नुभयो–‘यसमा भएको सुपेरियर पर्फर्मेन्स र डाइनामिक रेसिङ लुकले सहजै नेपाली ग्राहकमाझ सफल हुने कुरामा म विश्वस्त रहेको छु।’

टीभीएस आरटीआर १६० फोर भी कार्बोरेटोर भेरिअन्टमा उपलब्ध रहेको छ।
१५९.७ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भइन्जिन रहेको उक्त मोटरसाइकल १६.५ पी एस ८००० आर पीएममा र १४.८ एनएम ६५०० आर पीएममा रहेको छ।पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्नेछ ।

 

यसो मोटरसाइकलको बजार मँल्य २ लाख ७९ हजार ९ सय मँल्य कायम गरिएको टीभीएस अपाचे १६० फोरभी रेसिङ रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रङमा उपलब्ध छ ।