ऊर्जामन्त्रीलाई पनि विद्युतीय गाडी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आइतबारबाट विद्युतीय सवारी साधन प्रयोग गर्न थाल्नु भएको छ । नेपाल विद्युत् प्राधिकरणले ५७ लाख रुपियाँमा खरिद गरेको बा २ झ ८९०३ नम्बरको गाडी मन्त्री पुनलाई उपलब्ध गराएको हो ।

पेट्रोलियम पदार्थको प्रयोग गरी चलाइने सवारी साधनबाट शहरी क्षेत्रमा प्रदँषण नियन्त्रण गर्न तथा इन्धनमा परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने सरकारले लिएको छ । चालँ आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र केही ऊर्जा मन्त्रालयले जारी गरेको ऊर्जा क्ष्ँेत्रको भावी मार्गचित्रमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकतामा राखिएको छ । सरकारी निकायमा प्रयोग हुने सवारी साधनलाई विस्तारै विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्ने सरकारको लक्ष्य रहेको छ ।

विद्युतीय सवारी साधनको प्रयोगसँगै हाल नेपाल विद्युत् प्राधिकरणले विभिन्न शहरी क्षेत्रमा चार्जिङ स्टेसन निर्माणका लागि योजना पनि बनाएको छ । त्यस्ता सवारी साधनको उपयोगलाई प्रोत्साहन गर्न नीतिगत व्यवस्था तथा चार्जिङ स्टेसनलगायत पँर्वाधार निर्माणको कार्ययोजना तयार गरी क्रमशः लागँ गरिने कुरा ऊर्जामन्त्री पुनले जारी गरेको श्वेतपत्रमासमेत उल्लेख गरिएको छ ।