एनसेल र विभागबीच नयाँ सम्झौता

0
Shares

काठमाडौं, (नेस)
बाढीपहिरो सम्बन्धित जोखिमको पँर्वसँचना प्रवाह गर्दै जनधनको क्षतिमा न्यँनीकरण गर्न पँर्व सँचना प्रणालीलाई थप मजबुत बनाउन एनसेलले र जल तथा मौसम विज्ञान विभागबीच नयाँ समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

नयाँ समझदारीले एनसेल र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यलाई अझ बृहत् बनाउँदै पँर्वसँचना प्रणालीलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।

समझदारीपत्रमा एनसेलका तर्फबाट कम्पनीका प्रमुख सँचना अधिकृत विशाल उपाध्याय र जल तथा मौसम विज्ञान विभागका तर्फबाट विभागका महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गर्नुभएको छ ।

नयाँ समझदारीपत्रले एनसेल र जल तथा मौसम विज्ञान विभागले आगामी पाँच वर्षसम्म पँर्व सँचना प्रणालीको सञ्चालन तथा विस्तारमा सहकार्य गर्दै बाढी र पहिरोको जोखिममा रहेका थप समुदायलाई पनि यस प्रणालीमा समावेश गराई त्यसको लाभ प्रदान गर्ने उद्देश्य लिएको छ ।

एनसेल र जल तथा मौसम विज्ञान विभागले २०७३ देखि नै पँर्वसँचना प्रणालीको सञ्चालनका लागि सहकार्य गर्दै आएका छन् । सहकार्यको शुरुवातदेखिनै एनसेलले बाढी पहिरोको उच्च जोखिम रहेका स्थानमा बसोबास गर्ने जनसमुदायलाई बाढी पहिरोको जोखिमबारे उनीको आफ्नै मोबाइलमा एसएमएसमार्फत पँर्वसँचना प्रवाह गर्दै आएको छ । ‘एनसेलमा हामीले विपद् पँर्वतयारी तथा प्रतिकार्यलाई हाम्रो व्यावसायिक सामाजिक उत्तरदायित्वको एक प्रमुख स्तम्भको रुपमा अंगिकार गरेका छौं ।

यसै पहलअन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप मजबुत बनाउन पाउँदा हामी हर्षित छौं।’ यो सहकार्यले हामी अप्ठ्यारो परिस्थितिमा पनि आफ्ना ग्राहकसँगै छौं र उहाँहरुलाई सेवा प्रदान गरिरहन कटिबद्ध छौं भन्ने हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ ।’ एनसेलका प्रमुख सँचना अधिकृत विशाल उपाध्यायले भन्नुभयो ।