चिनियाँ रेलको अन्तिम स्टेसन टोखा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल–चीन सीमापार रेल परियोजनाको पँर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमाथि छलफल चीनको सियानमा भएको छ । परियोजनाको पँर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार नेपाल सीमा रसुवागढीदेखि काठमाडौंसम्मको लम्बाई करिब ७२ किलोमिटर हुने र अन्तिम स्टेसन काठमाडौंको टोखा निर्धारण गरिएकोे छ ।

यस रेलमार्गको अधिकांश भाग सुरुङ र केही अग्ला पुल हुँदै काठमाडौंको टोखामा अन्तिम स्टेसन हुनेछ । यस प्रतिवेदनमा दुवै पक्षबाट दिइएका सुझाव समेटेर केही दिनभित्रै चिनियाँ डिजाइन परामर्शदाता ‘फस्र्ट सर्भे एन्ड डिजाइन इन्सिच्युट’ (एफएसडीआई) ले अन्तिम प्रतिवेदन बुझाउने छ ।

तत्पश्चात दुवै सरकारको सहमतिमा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन हुनेछ । यस परियोजनालाई नेपाल र चीन दुवै सरकारका तर्फबाट निकै महत्वका साथ हेरिएको छ ।

\चीनको सियान शहरमा नेपाल–चीन सीमापार रेल आयोजनाको पँर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा नेपाली र चिनियाँ अधिकारीबीच छलफल सम्पन्न भएको हो । उक्त छलफलमा नेपाली पक्षका भौतिक पँर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसँदन अधिकारीको नेतृत्वमा भौतिक पँर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव, रेल विभागका महानिर्देशक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिसहित आठ जनाको सहभागिता थियो ।

त्यसैगरी चिनियाँ पक्षबाट राष्ट्रिय रेल प्रशासनका उपप्रशासक झिङ् जायनको नेतृत्वमा परराष्ट्र मन्त्रालय, यातायात मन्त्रालय, एवम् स्वशासित क्षेत्र तिब्बतका प्रतिनिधिहरुको सहभागिता थियो ।

उक्त छलफलमा पँर्वसंभाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने चिनियाँ परामर्शदाता एफएसडीआईले प्रतिवेदन छलफलका लागि प्रस्तुत गरेको थियो भने रेल यातायात क्षेत्र, विद्युत् क्षेत्र, रेल निर्माण कम्पनी तथा डिजाइन कन्सल्टेन्ट र सम्बद्ध विभिन्न निकायका विशेषज्ञको सहभागिता थियो ।

बैठकले चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेबाट शुरु भई केरुङ हुँदै नेपाल चीन सीमाना रसुवागढीबाट काठमाडौंसम्म विस्तार हुनेछ । उक्त रेल परियोजनाको पँर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख भएका विभिन्न विषयमा गहन छलफल गरी सुझाव दिएको थियो ।