प्रदेशमा बिदा विवादः प्रदेश नीति कर्मचारीले अटेर गरेपछि मन्त्रीकै एक्सन

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
प्रदेश नम्बर दुईको सरकारले गरेको बिदाको निर्णय सरकारी कार्यालयहरुले अवज्ञा गरेपछि प्रदेशका मन्त्री र मुख्यमन्त्री आफै सरकारी कार्यालय तालाबन्दीमा उत्रिएका छन् ।
आइतबार रक्षा बन्धन वा राखीका अवसरमा दिएको सार्वजनिक विदालाई प्रदेश भित्रका अधिकांश कार्यालयहरुले वेवास्ता गरेपछि मुख्यमन्त्री र मंत्री आफै अनुगमनमा निस्किएका छन् । जिल्लाको प्रमुख कार्यालयको रुपमा रहेका जिल्ला प्रशासन कार्यालयहरुले नै प्रदेश सरकारले गरेको विदाको वेवास्ता गरेको हो ।भदौ १ गते लागु भएको देवानी कार्यबिधि संहिताको दफा ५१ को स्पष्टिकरणले प्रदेश सरकारले समेत सार्वजनिक विदा दिन सक्ने स्पष्ट कानूनी व्यवस्था गरेकोले त्यो दिनलाई प्रदेशमा रहेका सम्पुर्ण निजी तथा सरकारी वितिय संस्था र सरकारी कार्यालय अदालत बन्द गर्नु पर्ने प्रावधान रहेको प्रदेशका मन्त्रीहरुको तर्क छ ।
‘तर सरकारी कार्यालयका कर्मचारीहरु कार्यालय बन्द गर्न नमानेकोले पहिला राष्ट्रिय बैक कार्यालय जनकपुरमा ताला मारिएको र अन्य सरकारी कार्यालयमा पनि ताल्चा हान्ने छु’, मुख्यमन्त्री लालबावु राउतले भने ।जिल्ला प्रशासन कार्यालय संघिय सरकारको मातहतमा रहेकोले गृह मन्त्रालयको परिपत्रको अधारमा मात्रै विदा मान्ने पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बताए । यस कारण आइतार जिल्ला प्रशासन कार्यालय पर्सा पनि खुलै रहेको थियो ।
तर, मुख्यमन्त्री राउतले भने जिल्ला प्रशासन कार्यालयहरुले नै प्रदेश सरकारले गरेको विदाको वेवास्ता गरेर संघियतालाई कमजोर बनाउने नितीमा लागेको आारेप लगाए । नजी तथा सरकारी वितिय संस्थाले पनि प्रदेशको विदा मानेका छैन्न । वीरगन्जका वाणिज्य तथा विकाश बैंकहरु राष्ट्र बैंकको निर्देशन अनुसार मात्र विदा मान्ने जनाइरहेका छन् । प्रदेशको विदाको बढी प्रभाव सरकारी गैरसरकारी विधालय, यातायात व्यवस्था कार्यालय तथा स्थानिय तहका कार्यालयहरुमा मात्र देखीएको छ । प्रदेश सरकारले गर्ने विदाको विषयमा कार्यालयहरु बीच नै अन्यौलता देखिनु अझैपनि संघियता कार्यान्यवनमा चुनौती रहेको जानकारहरु बताउछन् ।