लालबकैया नदिमा ढुङ्गा डुब्दा १५ पौडेर बाच्न सफल २० जना अझै बेपत्ता

0
Shares

सञ्जय कार्की, रौतहट ।
लालबकैया नदिमा शनिबार साँझ यात्रु चढेको ढुङ्गा दुर्घटना भएको छ । गौर नगरपालिकाको टिकुलिया र ईशनाथ नगरपालिकाको औरया जोडने लालबकैया नदिमा ढुङ्गा दुर्घटना हुदा १५ जना पौडेर बाच्न सफल भएका छन । ३५ जना भन्दा बढि सबार ढुङ्गा दुर्घटना भएको अनुमान गरिएको छ । ढुङ्गा दुर्घटना हुना साथ उद्धारको लागि ठुलोसंख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।

नदिमा दुई वटा ढुङ्गा प्रयोग गरेर खोजी भैरहेको छ । गौर नगरपालिका– ४ स्थित लाल बकैया नदीमा शनिबार राती डुंगा दुर्घटना हुदा ५ जना महिला र १० जना पुरुष सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । तर अन्यको अबस्था अझै खुल्न सकेको छैन । सो ढुङ्गामा सबार रहेका मध्ये २० जना अझै हराएको हुन सक्ने स्थानीयले बताएका छन । सो क्षेत्रमा पाँच बर्ष देखि निर्माणाधिन पुलमा ढुङ्गा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

ढुङ्गामा सबार रहेका मध्ये महिला र बालबालिका समेत रहेको अनुमान गरिएको छ । रातीको समय भएकाले यकिन तथ्याङ्क आउन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी उपरिक्षक केदार ढकालले आधिकारीक विवरण प्राप्त हुन नसकेको बताउनुभयो । स्थानीयकै भनाई फरक आएकोले पनि यकिन गर्न समय लाग्ने उहाँले बताउनु भयो ।