पहिलो दिन यस्तो रह्यो टोकियोमा ११ औँ संस्करणको नेपाल फेष्टिवल


राजबिन थापा, टोकियो ।
नेपालको पर्यटन पर्वद्दनको लागी जापानमा दुई दिने ११ औ संस्करणको नेपाल फेष्टिवल एक औपचारिक कार्यक्रम गरी शुरु भएको छ ।

शनिवार टोकियोस्थित कोमाजावा पार्कमा फेष्टिवलको औपचारिक उद्घाटन बेलुन उडाएर गरिएको थियो । एनआरएनए जापान र नेपाली राजदूतावास जापानको संयुक्त आयोजनामा भएको नेपाल फेस्टिवलको उद्घाटन जापानका लागि नेपाली राजदूत प्रतिभा राणा ,नेपालका लागि जापानी पूर्व राजदूत मासासी ओगावा ,गैरआवासिय नेपाली संघ आइसीसीका प्रवक्ता भूषण घिमिरे ,यूवा संयोजक सुदन थापा ,एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामाले संयुक्त रुपमा गरेका गर्नु भयो ।

कार्यक्रममा राजदूत प्रतिभा राणाले नेपाल जापान सम्बन्ध ६ दशक भन्दा लामो भएको उल्लेख गर्दै नेपालको सुन्दरता प्रचार प्रसारका लागि नेपाल फेस्टिवल उचित अवसर भएको बताइन ।

जापानमा रहेका झन्डै ८० हजार नेपालीले नेपालको सुन्दरताको बयान जापानीलाई गर्न सके नेपालको पर्यटन बिकासमा टेवा पुग्ने धारणा राख्दै राणाले नेपालको हितको लागी हुने सबै कार्यक्रमहरुमा दूतावासको सहयोग र सहकार्य रहने उल्लेख गर्नु भयो ।

कार्यक्रममा नेपालका लागि जापानी पूर्व राजदूत मासासी ओगावाले नेपाल जापान सम्बन्ध धेरै पुरानो भएको स्मरण गराउदै जापानमा गरिने नेपालीका यस्ता कार्यक्रमहरुले अझ सम्बन्ध राम्रो हुँदै जाने बताउनुभयो ।

गैरआवासिय नेपाली संघका प्रवक्ता भूषण घिमिरेले पर्यटन

प्रवर्धन मुलुक समृद्धीको प्रभावकारी बिकल्प भएको धारणा राख्दै जापानीहरुलाई नेपालप्रति आकर्षित गर्न नेपाल फेस्टिवल महत्वपूर्ण भएको बताउनुभयो ।

फेस्टिवलका संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारी र एनआरएनएका अध्यक्ष टासी वाङ्दी लामाले फेस्टिवलमा सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गर्नुभयो ।

फेस्टिवलमा बिभिन्न नेपाली कला संस्कृती ,खानपान लगाएत विभिन्न बस्तुहरू प्रदर्शन राखेको छ ।

नेपाल फेष्टिवलमा पहिलो नेपाल आइडलका उपाधी विजेता बुद्द लामा,निशान र प्रतापको बेजोड़ प्रस्तुति रहेकोथियो । फेष्टिवल आज शनिवार र भोली आइतवारसम्म चल्ने छ ।