ठगुन्ना हत्याकाण्डः एक महिला सहित ४ जना पक्राउ

0
Shares

किरन धामी, दार्चुला ।
दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ गुल्जरका ४६ वर्षिय अंगवीर सिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले शनिबार एक महिला सहित चार जनालाई पक्राउ गरेको छ । ठगुन्नाको हत्या भएको एक हप्ता पछि दार्चुला प्रहरीले एक महिला सहित ४ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनिहरु माथी शंका लागेका कारण पक्राउ गरेको जनाएको छ ।
प्रहरीले सोही ठाउँका देवकी ठगुन्ना, गणेश ठगुन्ना, धर्मसिंह धामी, र करन सिंह ठगुन्नालाई सोधपुछका लागी पक्राउ गरेको हो । महिला सहित पक्राउ गरिएका चारै जनालाई जिल्ला प्रहरी कार्यालयमा सोधपुछ भइरहेको छ । अनुसन्धानका क्रममा घट्नामा संलग्न रहेको पाइए कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गुल्जर स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत ठगुन्नाको भाद्र ४ गते घरमै हत्या गरिएको थियो ।….