कञ्चनपुरमा कर्फयू हटाउने तयारी

0
Shares

काठमाडौँ ।
कञ्चनपुरमा कर्फयू हटाउने तयारी थालिएको छ । बलत्कार पछि हत्या गरिएकी १३ बर्षीय बालीका निर्मला पन्तको हत्यापछि उत्पन्न समस्या समाधान गर्न बसेको सर्वदलिय बैठक भर्खरै केहिबेर अघि सम्पन्न भएको छ ।
शनिबार बसेको सर्वदलीय बैठकमा चार बुँदे सहमति भएको छ । घटनाबारे पुनः छानविन गरी दोषीलाई कारबाही गर्ने, शुक्रवार प्रहरीको गोली लागि मृत्यु भएका किशोरलाई शहीद घोषणा गर्न सरकारसँग अनुरोध गर्ने र मृतकका परिवारलाई राहत उपलब्ध गराउने सहमति भएको हो ।

घाइतेहरुको उपचार गर्ने र घाइते भएकामध्ये उपचारपछि अशक्त भएमा सरकारले जिविकोपार्जनका लागि आवश्यक व्यवस्था गर्ने सहमतिमा उल्लेख छ । प्रर्दशनका क्रममा क्षति भएका सरकारी, निजी प्रहरी दमनबारे छानविन गर्ने र कारबाहीको लागि पहल गर्ने तथा भविष्यमा कुनै पनि अप्रिय घटना दोहोरिन नदिने सहमति भएको छ । निर्मला प्रकरणलाई लिएर महेन्द्रनगर पाँच दिनदेखि तनावग्रस्त छ ।