निर्मला हत्याको विरोधमा दार्चुलाको गोकुलेश्वरमा प्रर्दशन

14
Shares

किरन धामी, दार्चुला ।
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया वालिका निर्मला पन्तको घटनामा संलग्न दोषीलाई पत्ता लगाई तत्काल कानुनी कारबाही गर्न दार्चुलाको गोकुलेश्वर बजारमा प्रदर्शन गरिएको छ ।
निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने वास्तविक अपराधीलाई एक महिना सम्म पनि प्रहरीले पत्ता लगाउन नसेको तथा शान्तिपुर्ण आन्दोलनमा सहभागी निर्दोष जनता माथी सरकारले दमन गरिरहेको भन्दै गोकुलेश्वर बजारमा शनिवार तरुणदल, विद्यार्थी, व्यापारी, स्थानियले विरोध प्रर्दशन गरेका छन् ।

घट्नाका मुख्य अभियुक्तलाई उन्मुक्ती दिन प्रहरी प्रशासनले मानसिक सन्तुलन गुमेका निर्दोष दिलिप विष्टलाई दोषी देखाएको भन्दै उनिहरुले गोकुलेश्वर बजारमा शनिवार दिउसो विरोध प्रर्दशन गरेका हुन् । निर्मलाका निम्ती न्याय माग्दै आफुहरुले विरोध प्रर्दशन गरेको शैल्यशिखर नगरपालिका तरुणदल नगरसभापती सुरेश विष्टले जानकारी दिए ।
आन्दोलनमा उत्रिएकाहरुले बलात्कारीलाई फासी दे, हत्यारा लुकाउन पाइदैन, महिला हिंसा बन्द गर जस्ता नारा लगाएर विरोध प्रर्दशन गरेका छन् । आन्दोलनमा तरुणदल विद्यार्थी, व्यापारी, स्थानिय लगायतको सहभागिता रहेको थियो ।