एनआईसी एसिया बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंक र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार एनआईसी एसिया बैंकका ग्राहकले बैंकका २३७ वटै शाखाबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गर्नुभयो ।

बैंकका २३७ शाखा कार्यालय, २३० एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १७ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १८२ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५४ अर्ब तथा कुल कर्जा १२७ अर्ब लगानी गरेको छ ।बैंकका ग्राहक साढे १२ लाखभन्दा बढी रहेका छन् ।