‘स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो’मा २३ लाख बराबरको रिचार्ज भयो

0
Shares

काठमाडौं, (नेस)
‘स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो’ योजनामा भव्य रुपमा सञ्चलान भइरहेको छ । यस योजनामा प्रत्येक दिन १० हजारभन्दा बढी उपोभोक्ताको सहभागी हुँदै आइरहेका छन् । यस योजना अन्तर्गत गत हप्तामा एक दिनमै विजेताहरुको संख्या १८ हजार जनाभन्दा बढी पुगेको छ । गत हप्तासम्म यो योजनामा १ लाख ८० हजारभन्दा बढी भाग्यमानी विजेताले २३ लाखबराबरको रिचार्ज जितिसकेका छन् ।

रिफ्रेस एन्ड रिर्चाज क्याम्पेनमा अन्तर्गत ग्राहकले १० रुपियाँदेखि ५ हजार रुपियाँसम्मको टक टाइम जित्न सक्नेछन् । यो हप्ताको ५ हजार जित्ने भाग्यशाली विजेता तनहँुका अभिषेक पन्त, बनेपाका रोशन मान्नधर तथा चाबहिलकी सिर्जना तामाङ रहेका छन् ।

विजेतामध्येका अभिषेक पन्तले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो– ‘यो मेरो पहिलो जित हो । यस्तैखाले योजनामा भाग लिएर आजसम्म कहिलैै जितेकी थिइन, यो योजनामा जितेको ५ हजार सानो जित होइन । मैले महिनामा रिचार्जमा ४ सय रुपियाँ जति खर्च गर्ने गरेको छु, यो जितेको एक वर्षको रिचार्ज खर्च धान्नेछ ।’

यस योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरी बोटलमा भएको लेबलको पछाडि रहेको युनिक कोड टाइप गरी ३६७६८ मा एसएमएस गरेर सहभागी हुन सक्नेछन् । यो योजना भदौ १५ गतेसम्म लागँ हुनेछ ।