एसियन लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना

0
Shares

काठमाडौं, (नेस)
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ‘जीवन संजीवनी’ (अग्रिम भुक्तानी सर्वाधिक र आजीवन) सार्वजनिक गरेको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठले लुम्बिनीमा आयोजित शाखा प्रबन्धक सम्मेलनको समुद्घाटन कार्यक्रमका अवसरमा नयाँ बीमा योजना सार्वजनिक गर्नुभएको हो ।

उक्त योजनामा न्यँनतम् ५० हजारको बीमाङमै शुरु गर्न सकिने, बीमितले बीमा अवधिभर पटक–पटक किस्तामा भुक्तानी पाउने, बीमित ९९ वर्ष पँरा हुन्जेल जीवितै रहेमा थप बीमाङ रकम भुक्तानी पाउने, बीमितले बीमाको रकम भुक्तानी पाउन बीमा समाप्ति अवधिसम्म कुर्नु नपर्ने, बीमा अवधिका आधारमा बीमा शुरु भएको तीन वर्षदेखि नै किस्तामा बीमाङको रकम भुक्तानी पाउने, बीमा अवधिभित्रै बीमितको मृत्यु भएमा परिवारजनले बाँकी बीमा शुल्क नतिरी नै बीमाङ रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी पाउने विशेषता रहेको छ ।

कम्पनीको अधिकृत पुँजी ५ अर्ब र चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख रहेको छ । यसअघि १८ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको कम्पनीले २८ वटा शाखा र ७१ वटा उपशाखामार्फत् जीवन बीमा सेवा दिँदै आएको छ ।