सुनका गहना निर्यात गर्न जोड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले सुनचाँदी व्यवसायीले गरगहना निर्माण गरेर निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनु भएको छ । नेपाल रत्न तथा आभुषण संघको १४औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै राष्ट्र बैंकका गर्भनर नेपालले मौद्रिक नीतिमा नै निर्यात गर्ने गरगहनाको लागि सुविधा दिने उल्लेख गरेको भन्दै सुनचाँदी व्यवसायीले निर्यात हाउसमार्फत निर्यात गर्ने भए जति पनि सुन दिन तयार रहेको बताउनुभयो ।

‘एक्सपोर्ट हाउस खोल्नुस् र हामीलाई यति किलो सुन चाहियो भन्नुस् हामी दिन तयार छौं, तर भुक्तानी सन्तुलनको लागि भने हामी सर्तक छौं,’ गर्भनर नेपालले भन्नुभयो । गर्भनर नेपालले व्यवसायीको फरक संघअनुसार माग पनि फरक हुने गरेको भन्दै फुट्नेभन्दा पनि जुटेर आएमा उनीहरुको माग पँरा गर्ने बताउनुभयो ।

‘हरेक व्यावसायिक संघ फुट्ने गरेको हुँदा तपाईंहरु सबै संघ एउटै हुनुस् र आउनुस् हामी तपाईंहरुको सबै माग पँरा गरिदिन्छौं, तर फेरि फुट्नु भएन,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले सुनचाँदी व्यवसायलाई गलत तरिकाले व्याख्या गरिने गरेको भन्दै यसले देशको अर्थतन्त्रमा निकै योगदान पु¥याएको बताउनुभयो । यस व्यवसायले मँल्य अभिवृद्धि गर्ने गरेको, रोजगारी सिर्जना गरेको र निर्यातको निकै सम्भावना बोकेको उहाँको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले नेपाली सीपको प्रयोग भएको सुनचाँदी व्यवसायले नेपाली हस्तकलाको प्रवद्र्धन गरेको बताउनुभयो । उहाँले नेपालको व्यापार घाटा कम गर्न एक्सपोर्ट हाउस बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

मल्लले बैंकलाई मात्र सुन आयात गर्न दिने नियम परिवर्तन गरेर सबैको लागि खुला गरिनुपर्ने जिकिर गर्नुभयो ।
संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले सरकारले बैंकहरु बाहेक निजी क्षेत्रलाई पनि सुनको आयात गर्न सक्ने नीतिगत व्यवस्था गर्नुपर्ने स्पष्ट पार्नुभयो । त्यस्तै हालको ५० हजार रुपियाँभन्दा बढी मुल्यको सुन खरिद गर्न चेकबाट भुक्तानी गर्ने व्यवस्थालाई बढाएर ५ लाख रुपियाँभन्दा बढी पु¥याउनुपर्ने माग गर्नुभयो ।

‘सुन खरिदको लागि व्यवसायीले सबै वाणिज्य बैंकमा खाता खोल्नुपर्ने बाध्यता रहेको छ, त्यस्तो व्यवस्था हटाएर एक वा दुई बैंकमा भएको खाताबाट सुन खरिद गर्न सक्ने व्यवस्था गरियोस्,’ उहाँले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठले सुनचाँदीमा लगाइने भन्सार दर बेस रेट मूल्यमा नै तोक्नुपर्ने, हालको दैनिक सुन आपँर्तिको कोटालाई बढाउनुपर्ने, बहुमूल्य पत्थर्को उत्खनन्, प्रशोधन र बिक्री वितरणका लागि सरकारले नीति बनाउनुपर्ने, कालिगढलाई तालिमको व्यवस्था गरिनुपर्नेलगायतका विषयमा सरकारको ध्यान आकर्षित गर्नुभयो ।