२५ लाख पर्यटक भत्रिने दाबी

0
Shares

काठमाडौं, (नेस)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मातहतका निकायलाई आर्थिक वर्षको अन्तिम समयमा रकामान्तरण गर्ने, काम पँरा नगर्नेलाई कारबाही गर्ने चेतवानी दिनु भएको छ ।
मन्त्रालय र महाहतका निकायको कार्य समीक्षा गर्दै अब पुरातन कार्यशैलीले उहाँले नचल्ने योजना साथ काम नगरी बस्ने मनसाय बनाएका निकायले आवको अन्त्यमा आएर काम गर्न सकिएन भन्दै मन्त्रालयमा आएर फेरिस्ता देखाउने जोसुकै नसाच्चिकै कारबाही हुन्छ भन्नुभयो ।

सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भए पनि सो समयमा पर्यटकको संख्या २५ लाख पुग्ने मन्त्री अधिकारीले दाबी गर्नुभयो । हाम्रो तथ्यांक संकलन अलि प्रभावकारी नभएको भन्दै वैज्ञानिक किसिमबाट पर्यटकको तथ्यांक संकलनको लागि मातहतको निकायलाई समेत निर्देशन दिनुभयो । सरकारले यसै आर्थिक वर्षबाट ‘स्याटलाइट अकाउन्टिङ सिस्टम’ लागँ गर्ने योजना रहेको थियो । तर, विविध प्राविधिक कारण मन्त्रलयले सिस्टम लागँ गर्न सकेको छैन ।

उक्त प्रणाली लागँ भएपछि अर्थतन्त्र र कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदानको सही तथ्यांक प्राप्त हुनेछ । मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको काम तीव्र रुपमा तीन सिफ्ट कार्य विभाजन गरेर भए पनि २४ घण्टा कार्य क्षेत्रमा काम गर्नको लागि कार्य योजना बनाएर काम गर्न र मुआब्जा विवाद समाधान गरी काम थाल्न जोड मन्त्री अधिकारीले जोड दिनुभयो ।
आर्थिक वर्षभित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने र त्रिभँवन विमानस्थलको धावनमार्गको स्तरोउन्न्तीको पँरा हुने समेत मन्त्री अधिकारीले दाबी गर्नुभयो । मन्त्रालय मातहतको ५ राष्ट्रिय आयोजनाको काम राम्रो रहेको र पशुपति विकास कोषको कार्यप्रगति भने अरुको तुलनामा कमजोर रहेको समीक्ष बैठकमा जनाकारी दिएको थियो । लुम्विनी विकास कोषको काम भने ८० प्रतिशत पँरा गरेको छ ।

गत आर्थिक वर्षमा चालँ खर्चतर्फ ६७ दशमलव २ प्रतिशत गरेको छ भने पुँजी खर्च ७२ दशमलव २६ प्रतिशत र वित्तीय खर्चतर्फ ३३ दशमलव ३९ प्रतिशत रहेको मन्त्रालयले आइतबार आर्थिक वर्ष २०७४÷७५को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय विकास समस्या समाधान समितिको बैठकमा सावर्जनिक गरिएको हो ।