लाभांश कुरेर बसेका लगानीकर्ता ढुक्क नहुँदा शेयर बजार खस्कियाे

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
शेयर बजारमा बिक्रीको चाप बढ्दा साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक दोहोरो अंकले घटेको छ । लगानीकर्ताले नाफा सुरक्षित गर्न हतार गर्दा बिक्रीको चाप बढेको थियो ।

लगानीकर्ता बजारप्रति ढुक्क हुन नसक्दा आइतबार नेप्सेमा कारोबार शुरू भएदेखि नै निरन्तर ओरालो लागेको परिसूचक अन्ततः १४ दशमलव शँन्य ३ अंकले घट्दै ११९६ दशमलव २९ बिन्दँमा पुगेर कारोबार बन्द भएको छ ।

१२ सय बिन्दँको मनोवैज्ञानिक तहभन्दा परिसूचक ओरालो लागेपछि फेरि एकपटक लगानीकर्ताहरु झस्किएका छन् । अधिकांश कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको र बजारमा महत्वपूर्ण हिस्सा ओगटेका कम्पनीको वित्तीय स्थिति सुरधारोन्मुख रहेको स्थितिमा लगानीकर्ता उत्साहित भएका थिए ।

कम्पनीहरुले नगद लाभांश कि बोनस शेयर के वितरण गर्छन् भनेर पर्खिएर बसेको स्थितिमा अघिल्लो बजार उत्साहजक रुपले वृद्धि भएको थियो । अघिल्लो साता ४६ अंकको वृद्धि हुँदै १२ सयभन्दा माथि उक्लिएको बजार फेरि ओरालो लागेको छ ।
कम्पनीहरुको नाफा बढ्दै गएको अवस्थामा बजार घट्नुको कुनै ठोस कारण नभए पनि निरन्तर शेयर आपँर्ति, महँगो बैंक ब्याज दर, सरकारको प्रष्ट नीति अभाव, लगानीकर्ताको कमजोर मनस्थितिका कारण बजार गिरावट आउनको मुख्य कारण मानिएको छ ।

कुल १६० कम्पनीको १ करोड ५६ लाख ४६ हजार ६५२ कित्ता शेयर ३२ करोड ५२ लाख ३४ हजार ७११ रुपियाँमा कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका सबै समूहमा गिरावट आएका छन् । जसमध्ये बैंकिङ समूह ११ दशमलव ९२, होटल २३ दशमलव शून्य ५, विकास बैंक समूह २० दशमलव ८२, जलविद्युत् समूह ११ दशमलव ३, फाइनान्स समँह ५ दशमलव ४८, निर्जीवन बीमा समूह १०३ दशमलव २६, उत्पादन समूह १८ दशमलव ३३, अन्य समूह ५ दशमलव ७१, माइक्रोफाइनान्स २३ दशमलव ४३ र जीवन बीमा ६४ दशमलव ८६ बिन्दुले घटेको छ । नागबेली लघुवित्त विकास बैंक, आइसिएफसि फाइनान्स लिमिटेडका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समँहमा गिरावट आएको छ । आइतबार ग्रामीण विकास लघु वित्तीय संस्थाको कारोबार सबैभन्दा बढी भएको छ । यस कम्पनीको ३ करोड ४५ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।

यसैगरी खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने नागबेली लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सिन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८५ अंकले घटेर २५२ दशमलव ५३ बिन्दुमा पुगेर बन्द भएको छ ।