वल्र्डलिंक र जुनिपर नेटवर्कबी सम्झौता

0
Shares

काठमाडौं, (नेस)
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले निर्माण गरेको नेटवर्किङमा बढ्दो उपभोक्ताका कारण पर्न सक्ने अवरोधे समाधानका लागि जुनिपरको विश्वव्यापी रुपमा प्रमाणित भएको उच्च कार्यक्षमतायुक्त नेटवर्किङ प्रणालीलाई अंगीकार गरेको छ ।

सरकारको अध्ययनअनुसार इन्टरनेट वृद्धिको आंँकडा सन् २०११ मा १० प्रतिशत रहेकोमा हाल मोबिलिटीसहित सो आंकडा करिब ५० प्रतिशतको हाराहारीमा पुगेको छ ।

जसमा स्थिर ब्रोड ब्यान्डतर्फ करिब १२ प्रतिशत रहेको छ । यो वृद्धि हुनमा वल्र्डलिंकको प्रमुख भूमिका रहेको छ । यस कम्पनीले सन् २०१४ देखि हरेक वर्ष उपभोक्ताको संख्या दोब्बर भएको प्रत्यक्ष अनुभव गरेको छ र स्थिर ब्रोडब्यान्डमा भएको यो वृद्धिदर काठमाडांै राजधानीमा मात्र नभई देशका ७० भन्दा बढी साना ठँला शहरसमेत देखिएको छ ।

इन्टरनेट ट्राफिकको चाप, ग्राहकको अपेक्षा अनुसार सेवा विस्तार गर्न वल्र्डलिंकले जुनिपर नेटवर्कलाई साझेदारका रुपमा चयन गरेको छ ।
जुनिपर नेटवर्कससँगको साझेदारीपछि वल्र्डलिंकले आफ्नो नेटवर्क पँर्वाधारलाई उच्च क्षमतायुक्त १०० जीवीईपीएस इथरनेट नेटवक्र्समा रुपान्तरण गरेको छ । यसले भविष्यमा थपिने ग्राहकको वृद्धिलाई सजिलै धान्ने छ । वल्र्डलिंकले एकल प्लेटफर्म म्यकक्स सिरिजलाई एक प्रमुख विशिष्ट कारकका रुपमा पहिचान गरेको छ ।

वल्र्डलिंकले १०० जीवीईपीएस इथरनेट द्रुततर पूर्वाधार तयार गरेर विश्वको नेतृत्वदायी इन्टरनेट सेवा पदायकको सूचीमा आफँलाई उभ्याएको छ । जुनिपर नेटवर्क एमएक्स सीरीजले वल्र्डलिंकलाई आफ्नो अभिन्न अंग र मेरुदण्डको रुपमा उच्च गतिको १०० जीवीईपीएस इथरनेट नेटवर्कलाई चयन गरेको छ ।

वल्र्डलिंकले एम एक्स ९६० लाई १०० जीवीईपीएस इथरनेट नेटवर्क कोर र साथै एमएक्स ४८० लाई इन्टरनेट गेटवे एवं एमपीएलएस राउटर ( १०० र १० जीवीईपीएस इथरनेट मोडल) प्रमुख स्थानहरुमा जडान गरी प्रयोगमा ल्याइएको छ ।

यसका अतिरिक्त एमएक्स ४८० एमएक्स२४० र एमएक्स १०४ राउटर प्रयोगमा ल्याइएको छ । सेवा प्रावधान र नेटवर्क व्यवस्थापन पनि सरलीकृत र सुव्यवस्थित गरिएको छ ।