संयुक्त लगानीमा ‘रामेन’को शुरुवात

0
Shares

काठमाडौं ।

नेपाली र जापानी व्यवसायीको संयुक्त लगानीमा नेपालमा जापानको लोकप्रिय खाजा ‘रामेन’को नेपाली आउट लेट शुरु गरिएको छ । नेपालको केजीएच गु्रप र जापानको होकाइदो विजनेस प्रालिबीचको सहकार्यमा नेपालमा व्यवसाय शुरु गरिएको केजीएच ग्रुपका संस्थापक तथा पर्र्यटन व्यवसायी कर्ण शाक्यले बताउनुभयो । होकाइदो प्रालिमा नेपाली व्यवसायीसमेत रहको छ ।

नेपाली युवाले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा ल्याउन मद्दत पुग्ने शाक्यले बताउनुभयो । नेपालमा जापानिज रहन सहन विकास भइरहेको सन्र्दभमा खानको माग पनि बढ्दै गइरहेकोले केजीएच ग्रुपले होकाइदोसँग सहकार्यमा फरक खानाको विकास गर्ने अभिप्रायले यो व्यवसाय शुरु गरिएको केजीएच ग्रुपका अध्यक्ष सुनील शाक्यले जानकारी दिनुभयो ।

उहाँले होइकाइदो विजनेस प्रालिले नेपालको केजीएच ग्रुपसँगको सहकार्यमा नेपालमा जापानिज खाजा (रामेन)लगायतका खाद्य सामग्री उत्पादन गर्दै आगामी दिनमा व्यावसाय विस्तार गर्ने योजना रहेको बताउनुभयो । ५१ प्रतिशत नेपाली व्यवसायी र ४९ प्रतिशत जापानिज व्यवसायीको संयुक्त लगानीमा व्यवसाय सञ्चालन गरिने होकाइदो विजनेस प्रालिका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिनुभयो ।।

काइदो क्लिन स्टार प्रालिका माध्यमबाट जापानिज उच्च प्रविधिको माध्यमबाट लन्ड्री सञ्चालन गर्ने तथा जानेइची विजनेसको माध्यमबाट नेपालमा जापानिज सामानको बिक्री वितरण गर्ने योजनाका साथ काम भइरहेको अधिकारीले बताउनुभयो ।

करिब ६ करोड रुपियाँको लगानी गरिएको छ भने बजार सम्भाव्यताका आधारमा यसमा लगानी विस्तार गर्दै जाने कम्पनीकोे योजना रहेको छ । प्रथम चरणमा जापानबाटै सेफ ल्याएर पार्क भिलेनज रिर्सोटमा रामेनको तयारी गरिएको कम्पनीले जनाएको छ ।