एक घर एक धारा अभियान



विनोद सिंह विष्ट–बैतडी,।
बैतडीको दोगडाकेदार गाउँपालिकाले एक घर एक धारा अभियानलाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्र रहेका पानीका सा्रेतको खोजी गरी गाउँपालिकाभित्र रहेका ४ हजार ५ सय घरधुरीमा पानीको धारा पु्र्याईने भएको छ ।
प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने उद्देश्यले खानेपानीको पहँुच बाहिर रहेका नागरिकका लागी सोलार पम्पिङ प्रणालीवाट समेत खानेपानीको व्यवस्था गरिन लागेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । गाउँपालिकाका विभिन्न ठाउँमा हाल ४ वटा सोलार पम्पिङ प्रणालीवाट खानेपानी आयोजना सम्पन्न भईसकेका उनले बताए। वडा नं ३ श्रीकोटमा होपरी खानेपानी आयोजना थामु,वडा नं २ मा डाडाईजर खानेपानी आयोजना, वडा नं ५ न्वालीमा भल्वा खानेपानी आयोजना र वडा नं ६ मा लेक खानेपानी आयोजना सम्पन्न भएका हुन् ।
सोलार पम्पिङ प्रणालीवाट खानेपानीको लागी गत बर्षनै १ करोड बढी रकम विनियोजन गरेको थियो । गाउँपालिकाले गत बर्ष नै ४ वटा सोलार पम्पिंग प्रविधिवाट खानेपानी योजना लगाएर ३२ वटा खानेपानी आयोजना समेत निर्माण सम्पन्न गरेको जनाएको छ ।
सोलार पम्पिङ प्रणालीवाट खानेपानीको व्यवस्थाभएसंगै त्यस क्षेत्रका नागरिकलाई सजिलो भएको छ । अगामी ४ बर्षमा दोगडाकेदारवासीको प्रत्येका घरमा पानीको धारा पुर्याउने उद्देश्यले एक घर एक धारा अभियान चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्