मेकानिकल ईन्जिनियर शाह पक्राउ


यमलाल भुसाल, बुटवल ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सेवाग्राहीसँग घुसबापत लिएको नगद २० हजार रुपैयाँ सहित यातायात व्यवस्था कार्यालय लुम्बिनीका मेकानिकल ईन्जिनियर सरोज कुमार शाहलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार दिउसो साढे १२ वजेको समयमा सेवाग्राहीसंग नयाँ गाडी दर्ता गराउनका लागि रकम लिदै गर्दा कार्यालयको कोठावाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक दिनेश आर्चायले बताउनु भयो ।
अख्तियारको बुटवल कार्यालयले पछिल्लो समयमा सेवाग्राहीहरुसंग घुषलिदै गर्दा सरकारी कार्यालयका कर्मचारी पक्राउ अभियानलाई तिब्रता बनाएको छ ।